तामाङ ,सेलो गीत संगीत क्षेत्रमा बिशाल काल्तान भन्ने बित्तिकै तामाङ सेलो जगतकै अहिलेको चर्चित संगीतकार एवम् ब्यस्त गायकको रुपमा चिनिन्छ ।उहांको गीत संगीतमा एउटा बेग्लै स्वाद र मिठास पाईन्छ। बिगत लगभग दुई दशक देखि उहां सेलो गित संगितको क्षेत्रमा सकृय रहदै आउनु भएको । धेरै चर्चित तथा सबैको मन मुटुमा बस्ने गित संगित गाइसक्नु भएका गायक बिशाल काल्तानको अर्को नयाँ पृथक तामाङ सेलो गित ” म त गाउछुनि सेलोमा ” गित सार्वजानिक भएको छ ।

विशाल काल्तानको आफ्नै शब्द संगित र स्वरमा रहेको उक्त गितलाई ह्याङला को म्हेन्दो मिडिया हाउसको युट्युब च्यानल बाट नेपाली सांगीतिक बजार ल्याएको हो ।
नब मोडल द्वय ज्ञानेन्द्र तामाङ र लमिन लामाले अभिनय गरेको म्युजिक भिडियोलाई हाल निकै ब्यस्त निर्देशक सुनिल मोक्तानले निर्देशन गरेका छन ।

गायक बिशाल काल्तानले तामाङ सेलो गीत संगीतलाई जगेर्ना, संरक्षण र प्रवर्द्धन गर्नका लागि आफु निरन्तर अगाडि बढिरहने बताउनुभयो ।साथै सेलो गीत,संगीतलाई आफ्नो मौलिक धारलाई नछोडि यो संगसंगै पृथक शैलीको विकास गरिनु पर्ने भनेर संक्षिप्तमा तेमाल अनलाइनसंग बताएका थिए।