प्रकाश ब्लोन तामाङ
चितवन । पूर्वी चितवन राप्ती नगरपालिका ५ नं वडामा रहेको शिखर बचत तथा सहकारी संस्थाले एक कार्यक्रम गरि आफ्नो १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

३ नं प्रदेशका भुमि सुधार व्यवस्थापन तथा कृषि सहकारी मन्त्रि दावा दोर्जे लामाको प्रमुख आतिथ्यता र राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल र उपप्रमुख इमान सिंह लामाको बिशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले सहकारी वास्तबमै गाउँ बस्तीका खेति किसान गर्ने जनताको हितमा हुनु पर्ने र सामान्य जनताले सहकारीसँग सहकार्य गरेर आफु माथि उठ्ने वातारण बनाउन पदाधिकारी सदस्यहरुलाई सुझाब समेत दिएका थिए । त्यसै गरि संस्थाले लगानी गर्ने नाममा गरिबी जनतालाई झनै गरिब हुनु बाट जोगाउन लगानी गर्नु अगाबै ऋणीको अवस्था बुझ्न र केका लागि लागनी गर्ने ? र लगानी गरे पश्चात ऋणीले मुनाफा कति कमाउन सकिन्छ ? भन्ने कुरा पनि ख्याल गर्न सुझाब दिए । आफुले भुमि र कृषि तथा सहकारी मन्त्रालय सम्हाले पछि छुट्टै ढंगले जनतामुखी व्यवस्था ल्याउन लागेकोले नीतिगत रुपमा आए, आफुले पनि सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

त्यसै गरि संस्थाले १२ औँ वर्ष पार गर्न सकेकोमा बधाई दिंदै नगर प्रमुख प्रभा बराल र उप प्रमुख इमान सिंह लामाले विभिन्न क्षेत्र बाट परेको बजेटलाई सहि रुपमा सदुपयोग गर्नका निम्ति अनुरोध गरेका थिए । ‘हामी सिंगो नगरपालिका तपाइँ जनताको साथमा छौं, र आवस्यकता परेको खण्डमा हामीले सकेको साथ दिने कुरामा ढुक्क हुनुहोस् ।’ उनले भने ।
सोहि मौका पारि संस्थाले गत सालको एस.इ. इ परिक्षामा नगरपालिका भरिबाट सर्वोत्कृष्ट अंक ल्याउन सफल छत्र छात्रालाई नगत सहित र संस्थाका असली ऋणी लगाएतलाइ सम्मान पत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाको आ ब २०७४ र ७५ को बार्षिक प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष गोमन सिंह रुम्बा तामाङ्गले प्रस्तुत गरेका थिए भने आ.ब. ७४ र ७५ को आर्थिक प्रतिबेदन कोषध्यक्ष जित बहादुर स्याङतन र संस्थाको आगामी बर्षको लागि प्रस्ताबित कार्यक्रम संस्थाको सचिब निशा थिङ्गले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा राप्ती नगरपालिकाका सहकारी समन्वयन समितिका अध्यक्ष, भण्डारा मावि ब्यबस्थापन समितिका अध्यक्ष, शिखर हरियाली बन उपभोक्ता समितिका अध्यक्ष सिताराम बलको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष गोमन सिंह रुम्बाले गरेका थिए भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गणेश लामाले राखेका थिए ।
















