अब प्रदेश ३ का मुख्यमन्त्री पौडेलले विद्युतिय गाडी प्रयोग गर्ने

हेटौंडा । विद्युतिय सवारी साधनको चर्चा चलिरहेको बेला प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय गाडी प्रयोग गर्ने भएपछि आइतबार सुविधायुक्त विद्युतिय गाडी हेटौंडा ल्याइएको छ ।

प्रदेश ३ मा पेट्रोलियम सवारीसाधन प्रतिबन्ध लगाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेसँगै पौडेलले आफैबाट शुरु गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र उर्जा मन्त्री वर्षमान पुनले विद्युतीय गाडी चढ्दै आएका छन् ।

सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरी वातावरण मैत्री बनाउने अभियान अन्तर्गत मुख्यमन्त्री पौडेलले अभियान सुरु गरेका हुन् । चीनमा उत्पादन गरिएकोे बिवाइडी उक्त गाडीको मूल्य ५५ लाख पर्ने मन्त्रिपरिषद कार्यालयले जनाएको छ । गाडीमा भएको ब्याट्री १० वर्षसम्म वारेन्टी रहेको छ । गाडीलाई २ घण्टा चार्ज गर्दा ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ ।

Comments

comments