नमोबुद्धमा जुवा खेलिरहेका ११ जना पक्राउ

नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ९ मा जुवा खेलीरहेका ११ जना पक्राउमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार स्थानीय जितापसिं तामाङको घरमा जुवा खेलिरहेकाहरुलाई आइतबार नगद सहित प्रहरीले प्रक्राउ गरेको हो । जुवा खेल्ने व्यक्तिहरुको साथबाट १ लाख ६६ हजार रुपैयाँ नगद समेत नियन्त्रणमा लिएको प्रहरीले तेमाल अनलाईनलाई बतायो । उनीहरुलाई श्यामपाटी प्रहरी चौकीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धुलिखेलमा थप अनुसन्धानका लागि ल्याइएको छ ।

पक्राउ पर्नेहरुमा नमोबुद्ध नगरपालिका वडा नं. ९ बस्ने घरधनी जितापसिं तामाङ, वडा नं. १० बस्ने सोम तामाङ, सुकमान तामाङ, प्रकाश श्रेष्ठ, पदम लामा, राजु लामा, विनोद लामा, चन्द्र लामा, कृष्णबहादुर अधिकारी र पाँचखाल नगरपालिका वडा नं. ११ बस्ने सोम तामाङ रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।