काभ्रे । जिल्लाको नमोबुद्घ नपा – ५ कोटतिमालमा आज (विहिबार ) दिउसो बस दुर्घटना भएको छ । दुर्घटनाबाट १४ जना घाइते भएका छन् ।
घाइते यात्रुहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बनेपा बाट नारायणस्थान जादैं गरेको बा ४ ख ५८०१ नम्वरको यात्रुवाहक बसको टायर गियर फुस्कदा उक्त दुर्घटना हुन गएको हो । जिल्ला प्रहरी कार्यालय एसपी रविराज खड्काका अनुसार बस सडक बाट ५ मिटर तल खसेको थियो ।

घाइते हुनेहरु बारा जिल्ला निजगढ नपा ३ बस्ने वर्ष ४० कि मनमाया श्रेष्ठ, छोरी वर्ष १० की खुसी श्रेष्ठ, वर्ष २२ को सुनिल योन्जन, तिमाल गापा ७ का वषर्् १९ को सुमन मैनाली, वर्ष २५ का लोक बहादुर मगर, नमोबुद्घ नपा १० का वर्ष ५० की नरकुमारी बसाईली, पाँचखाल नपा १३ का वर्ष ३३ की रोजिना दियाली, नमोबुद्घ नपा ५ बस्ने वर्ष ४५ की सुर्जिमाया तामाङ, नमोबुद्घ ४ का वर्ष ५० की कमला खरेल, नमोबुद्घ ५ का वर्ष २२ कि निरु कोईराला, तिमाल गापा १ बस्ने ४५ वर्षिय सिता धिताल, तिमाल गापा २ बस्ने वर्ष २१ कि देवि मगर, तिमाल गापा १ बस्ने ३४ वर्षकी निरु मैनाली, पनौती नपा ४ बस्ने वर्ष ३१ कि उर्मिला बस्नेत रहेका छन् । थप विवरण आउन बाँकी छ ।
















