काभ्रे । जिल्लाको बेथानचोक गापामा आज (विहिबार) बेलुकी ९ः३० बजे आगलागी हुदाँ दुई तले कच्चीघर पुर्ण रुपमा जली नष्ट भएको छ ।

बेथानचोक गापा वडा नं.–३ गोर्खाली गाउँमा बस्ने वर्ष ५६ को प्रेम बहादुर गौतमको घरमा अचानक करेन्ट सर्ट भई आगलागी हुदाँ दुई तले कच्चीघर, अन्नपात, गरगहना, नगद गरी करिब १२ लाख बराबरको क्षति भएको जनाइएको छ ।

आगोलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइसकेको छ । थप विवरण आउन बाँकी छ ।

Comments

comments