तामाङ समाज यु.ए.ई.को फूजेरा क्षेत्रीय समितिको अध्यक्षमा राजकुमार

दुवई । बैदेशिक रोजगारको शिलशिलामा यु.ए.ई.को फूजेरा शहरमा रहोको तामाङहरुको एक भेलाले तामाङ समाज यु.ए.ई.को फूजेरा क्षेत्रीय समिति गठन गरेको छ ।

भेलाले अध्यक्षमा राज कूमार थिङ, उपाध्यक्षमा राजेन्द्र मोक्तान, उपाध्यक्षमा दिपक स्याङ्बो, सचिबमा दिक्षा तामाङ, सह–सचिबमा सुस्मिता घ्लान, कोषाध्यक्षमा एलिना तामाङ, महिला प्रमुखमा बिनु तामाङ, सदस्यहरुमा वीर बहादुर तामाङ, कमला तामाङ, डोल्मा शेर्पा तामाङ, दुर्गा बहादुर तामाङ, सानू तामाङ, राजु तामाङ, फूर्साङ तामाङ, राम मोक्तान, सीता लामा, सम्झना वाईबा, माया लामा, रीता घिसिङ रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तामाङ समाज यु.ए.ई.का केन्द्रीय अध्यक्ष महेश मोक्तान, फूजेरा क्षेत्रीय समिति गठन संयोजक केन्द्रीय उपाध्यक्ष भिम दोङ रेहका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रीय उपाध्यक्ष जितेन्द्र तामाङले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।