छ्योर्तेन निर्माणको लागि समाजसेवी एच.के. मोक्तानको आर्थिक सहयोग

रामेछाप । लण्डनमा कर्मथलो बनाई बेलायतमा बसोबास गर्दै आएका समाजसेवी एच.के. मोक्ताानले दोलखा र रामेछापको संगम स्थलमा निर्माणाधीन झ्याङछ्युब छ्योर्तेन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी मोक्तानले रु. ६५ हजार नगद आर्थिक सहयोग गरेका हुन् । मोक्तानले पठाएको आर्थिक सहयोग शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कुमार थोकरलार्इ एक कार्यक्रकाबीच हस्तान्तण गरेका छन् ।

सहयोग रकम प्रदान गर्दै तामाङले भने ‘एक पटक जन्म लिएपछि मर्नु नै पर्ने भएकोले यो जुनिमा केही धर्म गर्ने उद्देश्यले आफूले छ्योर्तेन निर्माणका लागि आर्थिक सहयोग गरेको बताए । यसरी सहयोग गर्ने अवसर दिएकोमा संस्था प्रति उनले धेरै धेरै धन्यवाद समेत दिएका छन् ।

यसैगरी छ्योर्तेनका लागि तेजमान तामाङ मार्फत दोलखा मेलुङ गाउँपालिका ४ निवासी क्यापटेन मान बहादुर तामाङ परिवारको तर्फबाट रू ५५ हजार सहयोग रकम प्रदान गरेको छ ।

संस्थाले गरेको यो पवित्र कार्यमा आर्थिक सहयोग गरी साथ दिएकोमा सहयोग गर्नुहुने दुवैजनालार्इ संस्थाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको छ । उक्त छ्योर्तेनको उचाई ५३ फिट रहेको छ । धार्मिक पर्यटनका हिसाबले यो छ्योर्तेन महत्वपूर्ण रहेको स्थानीयले बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।