सन १९९०को दशकमा नेपालीहरु रोजगार, अध्ययन, ब्यवसाय वा अन्य अवसरका लागी कोरिया प्रबेश गरेको पाइन्छ । बर्मा गए पनि कर्म संगै भन्ने नेपाली उखान जस्तै जहाँ गए पनि अवसर र समस्या दुबै संगै हुन्छन् । रोजगारको शिलशिलामा अनेक खुसी पनि मिल्छ समस्या पनि पर्छ नै । त्यो समस्या अहिले पनि उस्तै छ, मात्र समय अनुसार फरक किसिमको होला । यीनै बिबिध समस्याहरुलाई सामुहिक रुपमा समाधान गर्न कोरियामा पनि सामाजिक राजनितिक संस्थाका भातृ संस्था, जातिय क्षेत्रिय लगायतका संघ संस्था स्थापना भएको छ । यो संख्या ७ दर्जन भन्दा बढि नै छ ।

सन १९९३ मा स्थापना भएको नेपाली सम्पर्क समितिले स्थापना भएको २५ बर्ष पुगेको अवसरमा यहि नोवेम्बर २५ तारिख रजत जयन्ती मनाउन गइरहेकोछ । एन सि सिले अहिले २५ बर्ष सम्म कोरियामा के कस्ता कार्यहरु गर्यो? नेपालमा के काम गर्यो ? कोरियामा नेपाल चिनाउने के कार्यहरु गर्यो ? ति बिषयमा अग्रजहरुबाट सिल्भर जुब्ली कार्यक्रममा अवस्य नै चर्चा होला । यहि अवसरमा स्मारिका पनि प्रकाशन गर्दैछ ।त्यसमा पनि सबै दस्ताबेजहरु आउलान् ।

म २००९ देखि कोरियामा कार्यरत छु । सामाजिक संस्था र गतिबिधिसंग सम्बन्ध र सरोकार राख्दै आएको छु । नेपाली सम्पर्क समितिले गरेका सबै राम्रा कामको सम्मान र नराम्रो कामको बिरोध गुनासाे गर्दै केहि मनमा लागेको कुराहरु राख्न चाहान्छु ।

नेपाली सम्पर्क समितिले गरेका मुख्य कार्यहरु:

एन सि सि स्थापना भए पश्चात गर्ने काम भनेको सेवा नै हो । यस संस्थाले दुखि बिरामी अलपत्र बेवारिसे अवस्थामा रहेका मानिसलाई आर्थिक भौतिक नैतिक सहयोग गर्यो नै। राजदुताबास स्थापना हुन भन्दा अगाडी सन २००७ सम्म कोरियामा मृत्य भएका मानिसहरुको शवलाइ नेपाल पठाइदिने कार्य गरेको अग्रजहरु बताउछन् । अझै नेपालीहरुको पासपोर्ट बनाउन र रिन्यू गर्न ,अन्य आवश्यक कागजात बनाउन,तत्कालिन समयमा २००७ भन्दा अगाडि जापानमा रहेको नेपाली दुताबासमा समन्वय गरेर नेपालीहरुलाई ठुलो गुन लगाएकोछ। सहयोग गरेकोछ। यो बाहेक कोरियामा नेपाल चिनाउने कार्य गरेकोछ। आरिराङ फेस्टीबलमा सहभागी हुने, बुद्ध प्रतिमा स्थापना अभियान चलाउने कामहरु गरेको छ ।

नेपालमा प्राकृतिक प्रकोप भुकम्प, बाढि पहिरो, बिरामीहरु, आगोलागी,ब्लडमनि संकलनमा समेत सक्दो सहयोग गरेको देखिन्छ। कोरियामा एन आर एनले स्थापना गरेको नेपाल हाउस संचालन र आर्थिक अभियानमा एन सि सि सह संयोजक भएर बिशेष सहयोग गरेको देखिन्छ ।

कोरियामा रहेका नेपाली संघ संस्थालाई गोलबन्द गर्ने प्रयासः

कोरियामा अवस्थित ७ दर्जन भन्दा बढि नेपाली संघ संस्थाहरु छन्। सबैलाई एकत्रित, संगठित र गोलबन्द गराउने कार्य एन सि सि ले गर्यो। अर्थात नामको हिसाबले पनि सबै नेपाली संघ संस्थालाई समेत्ने नाम नेपाली सम्पर्क समिति भएकोले नै सबै संस्थाको साझा र छाता संस्थाको रुपमा नेपाली सम्पर्क समितिलाइ मानिदै आउने बाताबरण बनाइएकोछ। हाल करिब ५ दर्जन संस्थाहरु एन सि सि संग आवद्ध छन्। बिशेष गरेर सामुहिक कार्य गर्न,एक संस्थाले अर्को संस्थालाई सहयोग गर्न,हातेमालो गर्न, पालैपालो मिलेर कार्यक्रम गर्न प्रेरित गरेको छ।

सांस्कृतिक कार्यक्रम बाडफाड

कोरियामा रहेका संस्थाले कोरियाको लामो बिदा सलनाल र छुसकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन्। २००९ देखि सबै संस्थालै पालैपालो नजुधाई कार्यक्रम गर्न पाउनको लागी सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने प्रचलन गरियो। हरेक ३ बर्ष पछि कार्यक्रम गर्नको लागी दाबी गर्न पाइने नियममा सहमति गराइएकोछ। यसलाई अहिले सम्म पनि निरन्तरता दिइएकोछ ।५० जना सदस्य भएको सानो संस्थाले पनि कार्यक्रम गर्न पाउने कुरा प्रशंसायोग्य छ । यद्यपि बिबादबाट भने मुक्त हुन सकेको छैन एन सि सि।

बुद्द प्रतिमा स्थापना अभियान २०१८

एन सि सि काे १६ अाैं कार्य समिति अथार्त बतर्मान कार्य समितिकाे नेतृत्वमा काेरियाकाे याेङगिन शहर स्थित वाउछङ्सा गुम्बालमा बुद्दकाे प्रतिमा नेपाल देखि ल्याएर स्थापना गरेकाे छ। नेपाली सम्पर्क समितिकाे संयाेजन,बाैद्द परिवारकाे सहकार्य तथा नेपाली दुताबास काेरियाकाे संरक्षकत्वमा काेरियामा कार्यरत नेपाली समुदायबाट करिब ५ कराेड वन संकलन गरेर बुद्द प्रतिमा स्थापना गर्याे। वाउछङसा गुम्बाले पनि बुद्द प्रतिमा राख्ने भवन स्तुपा निर्माण गर्न करिब ५ कराेड वन नै खर्च गरेकाेछ। यस स्थापना कार्यले नेपाल र काेरियाकाे सांस्कृतिक ,पर्यटन र धार्मिक क्षेत्रमा समेत सुमधुर सम्बन्ध बढेकाे छ भने बुद्द नेपालमा जन्मेका हुन भन्ने सन्देश बिश्वभर फैलाउन सहयाेग गरेकाेछ।

नेपाली सम्पर्क समितिको चुनौति

एन सि सि गैह्र नाफामुलक सामाजिक संस्था हो। यसलाइ स्वच्छ सामाजिक संस्थाको रुपमा बचाउन भने गाह्रो भएको छ। कोरियामा राजनैतिक संस्थाको भातृ संस्थाको सकृयता संगै हस्तक्षेपको पनि सामना गर्नु परेकोछ। बिभिन्न राजनितिक दलका भातृ संस्थाले आफ्नो पार्टीका मान्छे वा आफनो अनुकुल लाई नेतृत्वमा लिने होडबाजी नै छ। जसको लागी चुनाबमा डेढ दुइ करोड वन खर्च समेत गरेका छन उम्मेदवार र तिनका समर्थकले। सदस्यता शुल्कको रकम तिरिदिने, टाढाबाट आउनेलाइ बस भाडा खाना खाजाको समेत ब्यवस्था गर्ने चलनले अनावश्यक प्रतिस्पर्धा र खर्च बढिरहेकोछ। चुनाबको बेलामा २।३ कित्तामा बिभाजन भएको नेपाली समाज चुनाव हारे पछि खुलेर बिरोध गर्ने असहयोग गर्ने गरेका छन्।

अर्को कुरा एन सि सिलाई छाता संस्थाको रुपमा बिकास गर्न भने सकिएको छैन। आधार संस्थालाई बार्षिक रुपमा नबिकरण गर्ने, एन सि सिको आफ्नो शाखा बिस्तार गर्ने परिचालन गर्ने कुरामा समस्या देखा परेकोछ। सांस्कृतिक कार्यक्रम गर्न निबेदन दिएर कार्यक्रम गर्न नपाएका संस्थाले एन सि सि मान्दैन भनेर हिड्ने गर्दछन्। छाता संस्थाको रुपमा हुनको लागी एन सि सि परिषद र एन सि सिको नेतृत्व संस्थागत सदस्यबाट चुनिनु पर्ने हो।तर त्यसो हुन सकेको छैन। चुनाबको बेला जसले धेरै साधारण सदस्यता बनाउन सक्छ, पैसा खर्च गर्न सक्छ उसैले ने चुनाब जितेको देखिन्छ।

अझै अर्को कुरा एन आर एन संग मर्च गर्ने प्रश्न।

बेला बखत संसार भर सञ्जाल भएको एन आर एन ए कोरियाले पनि आफुलाई सबै भन्दा ठुलो संस्थाको रुपमा उभ्याउन खोज्छ। बेला बखत एन सि सि कोरियालाइ पनि एन आर एन ए मा गाभेर एउटै ठुलो संस्थाको रुपमा बिकास गरेर लैजाऔं भनेर बहस ,छलफल अन्तरक्रिया चलाउछन्। तर यो मर्च हुने कार्यले मुर्तरुप लिन सकेको छैन। एन सि सिको सम्बन्धित कार्यकालका समितिको असफता हुने डरले यो मर्च हुने कार्यलाई अस्वीकार गर्दै आएका छन्।

संस्थाको बैधानिकताको प्रश्न

कोरियामा स्थापना भएको प्राय सबै नेपाली संस्था अबैधानिक छन्। नत कोरिया सरकारमा दर्ता छन नत नेपाल सरकारमा दर्ता छन्। यद्यपि कतिपय संस्था नेपालमा दर्ता भएका संस्थाको शाखाको रुपमा आफुलाई बताउँछन्। शाखाको रुपमा भए पनि कानुनी प्रक्रिया भने पुर्याउन सकेका छैनन्। जस्तै संस्थाको लेखा परिक्षण गराउन, संस्था नबिकरण गर्न, सदस्यता अद्यावधि गर्न सकेका छैनन्। भीजा सकेर कोरियामै बसेकाले समेत संस्थाको नेतृत्व गरिरहेका छन्। कतिपय बेला कानुनी समस्या पर्दा स्थानिय प्रहरी प्रशासन समक्ष प्रस्तुत हुनु पर्ने अवस्थामा भने पछि हट्नु परेकोछ।

संस्थामा आर्थिक पारदर्शिताको प्रश्न

संस्था कानुनीरुपमा दर्ता नभए पछि जसले जे गरे पनि हुँदो रहेछ। पछिल्लो समय एन सि सि स्वयम आफैले यो समस्या भोग्नु परेकोछ। यो समस्या अन्य संस्थामा पनि देखिएकोछ। संस्थाको रकम ब्यक्तिले खाने, खाएर नेपाल जाने, गएर पनि नर्तिने यस्तो समस्या देखा परेकोछ। एन सि सि कै पुर्ब अध्यक्षले रकम नतिरेको समाचार बाहिर नै आयो र अहिले सम्म पनि न तिर्न सकेका छन् न तिराउन सकेका छन्। यसलाइ कानुनी रुपमा उजुरी गरेर निकाल्न सकेका छैनन्। कानुनी रुपमा संस्था नबिकरण गर्नु पर्ने, लेखा परिक्षण गर्नु पर्ने, बार्षिक कार्ययोजना अनुसार बजेत निर्माण र खर्च गर्नु पर्ने जस्ता कर्तब्य र दायित्व पुरा गर्नु परेको छैन्। जसले गर्दा संस्थाको बिश्वसनियता गुम्दै गएकोछ।

अव के गर्ने त?

पहिलो कुरा सामाजिक संस्थामा बिना शर्त, निस्वार्थी भावनाले समाज सेवा गर्न नै आउने हो। सबै जना इमान्दार हुनु पर्यो। जति सकिन्छ काम गर्नु पर्यो। संस्थालाइ सकिन्छ भने सरकारी कानुनी मान्यता दिलाउनको लागी दर्ता गर्नु पर्यो। छाता र साझा संस्थाको रुपमा निरन्तरता दिनको लागी एन सि सि पदाधिकारी र आधार संस्थाहरुले पनि सोहि अनुसारको कार्यहरु गर्नु पर्यो। राजनितिक हस्तक्षेपबाट मुक्त बनाउन पर्यो ।

जे जति समस्या भए पनि सामाजिक संस्थाले धेरै राम्रा काम पनि गरेका छन् । राम्रा कामलाई निरन्तरता दिनु आवश्यक पनि छ ।

यम श्रीस मगर – सल्लाहकार नेपाली सम्पर्क समिति कोरिया

Comments

comments