तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ ले आर्थिक वर्ष २०७५।०७६ को योजना कार्यन्वयनको लागि उपभोक्ता समिति गठनको लागि भेलाको आव्हान गरेको छ ।
तेमाल गाउँपालिकाको तेस्रो गाउँसभाबाट अनुमोदन गरेको विभिन्न योजनाहरको उपभोक्ता समिति गठनको लागि वडा अध्यक्ष चन्द्रबहादुर लामाले मंसिर ७ र ८ गतेका लागि उपभोक्ता भेलाको आव्हान गरेका हुन् ।
भेला वडाको मुक्पाटार गाउँ र मेच्छेपौवामा हुने वडा अध्यक्ष लामाले तेमाल अनलाईनलाई जानकारी दिएका छन् ।उपभोक्ता भेलाले विभिन्न १८ वटा योजनाको उपभोक्ता समिति गठन गरिने उनले बताए ।

वडा अध्यक्ष लामाका अनुसार दुई ठाउँमा हुने भेलाले आर्थिक विकास अन्तर्गत एककिृत कृषि योजना (सम्भाव्यता अध्ययन र तालिम) रु. ४ लाख ३० हजार ९ सय ६, तित्रेटार कृषि सिंचाई निर्माण रु १ लाख ५० हजार को उपभोक्ता समिति गठन गर्ने छ ।
त्यसैगरि सामाजिक विकास अन्तर्गत काकास्योङ चेग्रेन भोटेपाटी पालुघाट लिफ्टिङ खानेपानी योजना रु ४ लाख, पालुघाटटार खानेपानी ट्यांकी निर्माण रु २ लाख, ठूलो गाउँ म्हाने मर्मत रु १ लाख, धार्मिक सम्पदा डुम्बारी, लामछाम र डुप ऊ संरक्षण रु १ लाख ५० हजार, एकीकृत खानेपानी तथा सरसफाई रु १ लाख ५६ हजार, महिलाहरुको लागि क्ष्मता विकास तालिम रु १ लाख ५० हजार रहेको छ ।
त्यसैगरि भौतिक पूर्वाधार तर्फ नेपालथोक मुक्पाटार चोपाटार सडक मर्मच रु २ लाख, मुक्पाटार ठूलोगाउँ गैरीगाउँ सडक मर्मत रु १ लाख ४७ हजार ३ सय १, पौवा टार मैनाजाङ सडक मर्मत ४ लाख, टेकानपुर खत्रीगाउँ पौवा सडक मर्मत रु. २ लाख, अन्तरगाउँ गैरीगाउँ मैनाजाङ, सडक निर्माण २० लाख, धनसार डुंगेटार टोड्के सडक निर्माण रु. ८ लाख, चोपटार पाथर टार सडक निर्माण रु. ७ लाख, चेग्रेन पालुघाट सठक निर्माण ८ लाख, पानीघाट तित्रेटार पुल निर्माण ४ लाख, साउन्नेखोला छापगाउँ ठूलोगाउँ सडक निर्माण ५ लाख रहेको छ ।
अध्यक्ष लामाले सम्पूर्ण वडाबासीलाई अनिवार्य उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।















