प्रचण्डद्धारा चरिकोटमा प्रथम प्रकाश स्मृति कपको उद्घाटन

चरिकोट । दोलखा जिल्लाको चरिकोटमा शनिबारदेखि शुरुभएको ‘प्रथम प्रकाश स्मृति कप–२०७५’ को नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एक कार्यक्रमका बीच भव्यताका साथ उद्घाटन गरेका छन् ।

प्रचण्डद्धारा चरिकोटमा प्रथम प्रकाश स्मृति कपको उद्घाटन

गत वर्ष मंसिर ३ गते हृदयघातका कारण निधन भएको स्व. प्रकाशको स्मृतिमा आयोजित प्रथम प्रकाश स्मृति कप–२०७५ को उद्घाटन गर्दै , स्व. प्रकाशका पितासमेत रहेका अध्यक्ष प्रचण्डले राष्ट्र र स्वास्थ्यको लागि खेलको ठूलो महत्व रहेको धारणा राखेका थिए ।

प्रचण्डद्धारा चरिकोटमा प्रथम प्रकाश स्मृति कपको उद्घाटन

मंसिर ७ गते सम्म संचालन हुने सो प्रतियोगितामा कुल १२ टिम सहभागि छन् । राष्ट्रियस्तरमा ख्याति प्राप्त एपिएफ र कुमारी जस्ता क्लबहरु पनि सो प्रतियोगितामा सहभागि छन् । सो प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५० हजार, १ लाख २५ हजार र ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने खेलका संयोजक मिन कुमार शिवाकोटीले जानकारी दिएका छन् ।

Comments

comments