भक्तपुर ,नेपाल तामाङ राष्ट्रिय घेदुङको अायोजनामा मङ्सिर १ गते शनिबार शुभकामना पार्टी प्यालेस सुर्यबिनायक भक्तपुरमा नेपाल राष्ट्रिय तामाङ घेदुङले अन्तर्राष्ट्रिय कराते खेलाडी कमल लामा वाइबालाई “खेलाडी बिदाइ सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम – २०७५” प्रमुख अतिथि काभ्रे क्षेत्र न. १ को पुर्ब संसद नेपाली काङ्ग्रेसको युवा नेता तिर्थ लामाको प्रमुख आतिथ्यमा,सम्पन्न भएको थियोे ।


बौद्धनाथ क्षेत्र बिकासको अध्यक्ष राज कुमार लामा तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरको विशेष आतिथ्य तामाङ बौद्ध महा संघको महा सचिब टेकराज मोक्तान र अन्य विभिन्न संघ सँस्थाको प्रतिनिधिहरुको विशेष उपस्थिति र चर्चित कलाकारहरुको बेजोड सङ्गितिक प्रस्तुतिका साथ सम्पन्न भएको छ।

उक्त कार्यक्रममा चर्चित कलाकारहरु: सन्जिब वाइबा शुक्र लामा दोङ जगत लामा घिसिङ अबिसेक तामाङ बसन्ती लामा रेश्मा लामा अनिल वाइबा अजय लामा हावा लामा पेमा लामा बिहिन दोङले प्रस्तुति दिएको थियो। तामाङ समुदायको लागि स्थापना भएको सस्था नेपाल राष्ट्रिय तामाङ घेदुङ र राष्ट्रिय घेदुङको विभिन्न तह तप्काका प्रतिनिधिज्युहरुको पहल रहेको उक्त कार्यक्रमको सभापती घेदुङको अध्यक्ष वीर बहादुर योन्जन औपचारिक महासचिव प्रबिन बल र अनौपचारिक सुदिन दोङ तामाङले कार्यक्रम सन्चालन गरेको थियो।उक्त कार्यक्रममा रामेछाप राष्ट्रिय घेदुङको अध्यक्ष राजुबाबु तामाङलाई नियुक्ति पत्र दिदै रामेछाप राष्ट्रिय घेदुङ्को अध्यक्ष घोषणा पनि गरेको छभने मलेसिया र इन्डोनेसियामा खेल खेल्न जाने कमल वाइबा तामाङलाई स्वेच्छिक उठेको आर्थिक रु. १,४५,७४०/- नगदसहित बिदाइ तथा सम्मान गरेको थियो।

Comments

comments