काभ्रे । लोक नाटक लिलामे माईलोको मन्चनको अन्तिम तयारीमा जुटेको छ । नयाँ बानेश्वर थापागाउँ, सिडिओ टोलमा रहेको कुञ्ज थिएटरमा नाटकको रिहरर्सल भैरहेको छ ।
कुञ्ज नाटक घरको प्रस्तुति रहेको नाटक मंसिर १४ देखि पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुने छ । नाटकको कथा÷निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थि, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने, विपना थापा लगाएतका कलाकारहरुको भुमिका रहेको छ भने फोटोग्राफि डकुमेन्टेसन युसव गौतम गौतमले गरेका छन् ।

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्तासम्म लेटाङ स्थीत राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट समेत गरेको थियो ।
नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता गौतमले जानकारी दिए । नेपाल पश्चात उक्त नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमारमा समेत प्रर्दशनको तयारी गरिएको उनले बताए ।
लक्ष्मीपुजाको दिन पारेर नाटक परिवारले पोष्टर सार्वजनिक गरेको थियो । प्रदर्शनको मिति नजिकिदै गर्दा नाटक युनिटले प्रचारप्रसारको लागि विभिन्न तरिकाहरु अपनाएको छ । पोष्टरमा एक पात्रलाई निकैनै कष्टकरबाट निक्लन खोजे भैm गरि प्रस्तुत गरिएको छ । नाटक मौलिक र सामाजिक परिवेषलाई आधार बनाइएको निर्माण पक्षले बताएको छ ।

लिलामे माइलो फेमेलि ड्रामा र सामाजिक विषयवस्तुलाई नाटकमा उतारेको बताउँदै कथा/निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तिहरुको स्थानीय रहनसहन, सँस्कृती, पर्ब, गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको बताए । चरित्र निर्माण नाटकका लागि महत्वपुर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थ परक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफुले निभाउनु पर्ने चरित्र माथीको भुमिका निभाउन सहज होस र चरित्र बिश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन बिधिद्धारा चरित्र निर्माण गर्नका लागि लेटाङ लगेको बताए ।
लोक नाटक लिलामे माइलोको भाईरल भएको गित यस्तो छ:
चटके माइलो हो नाटके माइलो
लिलामे माइलो देशै रमाइलो
मन भित्रै छ उसको हो सुन चांदिको थैलो
लिलामे माइलो देशै रमाइलो
























