काभ्रे । काभ्रेको बनेपा आईटीपार्कमा आज विहान ७ बजे अर्धनग्न अवस्थाम महिला रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ ।
पनौती नगरपालिका वडा न – ५ बस्ने सुधा केसी रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो । उनी काभ्रे क्यामपस बि.ए मा पढ्ने विद्यार्थी हुन् ।
बिहान ५ बजे क्यामपस पढ्न भन्दै घर बाट हिडेकी आन्दाजी २० वर्षको सुधा केसी अर्धनग्न अवस्थामा आज बिहान ७ बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो ।
उनको लास पोस्टमार्टमको लागि बनेपामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
थप विवरण आउन बाँकी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















