सुसन सापकोटा (विज्ञान)
चौरीदेउराली । आज विश्व शौचालय दिवस । हरेक वर्ष अंग्रेजी नोभेम्बर महिनाको १९ तारिकमा विश्वभर यो दिवस मनाइन्छ । सोमबार (आज) यसै दिवसको अवसरमा पारेर चौरीदेउरालि गाउँपालिकामा मा. वि. स्तरीय कबिता बाचन प्रतियोगिता सम्पन्न भएको छ ।

खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्दै आएको एकीकृत शहरी बिकास केन्द्रले चौरीदेउरालि गाउँपालिका वडा नं. ५ स्थित श्री जागृती मा.वि.को प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा गाउँपालिका भरिका १२ मा. वि. मध्ये ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।

‘दिसाको प्राकृतिक रुपमा बिर्सजन गरौंं ।’ भन्ने शिर्षकमा रहेर गरिएको कबिता बाचनमा श्री खाडादेवी मा. बि. चौरीदेउरालि–२ ले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरि द्वितीय स्थानमा श्री शिर्जनशिल जनता मा. वि. चौरीदेउरालि–७ र तृतीय स्थान जागृती मा. वि. चौरीदेउरालि–५ भएको छ । त्यसैगरि सान्त्वना स्थान भने श्री सुर्योदय मा. वि. चौरीदेउरालि–१ भएको छ ।
























