दक्षिण कोरिया ।
नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको नोबेम्बर २५ तारिख आइतबार हुन गईरहेको रजत जयन्ती समारोहमा सहभागिताको लागि निमन्त्रणा गरेको छ ।
नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाकीका अध्यक्ष अन्जु केसीले आज सामाजिक सञ्जालमार्फत उपस्थितीका लागि आग्रह गरेकी हुन् ।
विविध साँस्कृतिक कार्यक्रमसहित हुने रजत जयन्ती कार्यक्रममा संस्थाको रजत जयन्ती स्मारिका बिमोचन, सांस्कृतिक कार्यक्रम र कार्यक्रम सफल पर्न सहयोग पुर्याउने सामाजिक संस्था र मिडियालाई सम्मान गर्ने संस्थाकी अध्यक्ष अन्जु केसीले बताइन् ।
नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाले स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउँने भएको छ ।
एनसीसी यहाँ सन् १९९३ मा माधव अधिकारीको अध्यक्षमा स्थापना भएको हो । संस्था स्थापना भइसकेपछि रोजगारमा रहेका नेपालीहरुको हकहितका लागि सामाजिक काम गर्दै आइरहेको छ । यहाँ नेपाली दूतावास नभएको बेला एनसीसीले जापानमा रहेको नेपाली दूतावाससंग समन्वय गरेर प्रशासनिक कार्यमा सहयोग गरिरहेको थियो ।
पछिल्लो समय संस्थाले विभिन्न ऐतिहासिक सामाजिक कामहरु गर्दै आइरहेको छ । अहिले एनसीसी क्षेत्रीय संघ-संस्थाका छाता संगठन रुपमा काम गर्दै आइरहेको छ ।