सौल, दक्षिण कोरिया ।
कोरियाको सबैभन्दा पुरानो तथा अभिभावक संस्था नेपाली सम्पर्क समिती (एन.सि.सि.) दक्षिण कोरियाको स्थापना भएको २५औं बर्ष पूरा भएको उपलक्ष्यमा रजत जयन्ती महोत्सब अाज साैल सम्पन्न भएको छ ।
उक्त कार्यक्रम एन.सि.सि. सस्थाकी अध्यक्ष अन्जु केसिको सभापतित्वमा सन्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा निरज थापाले आसन ग्रहण गरेका थिए । बिशेष अतिथिहरुमा लेडिया बेको (कोरिएन), एन.आर.एन अध्यक्ष लक्ष्मी गुरुङ, एन.सि.सि. प्यसिफिक संयोजक बिनोद कुंवर, पुर्व अध्यक्ष रामहरी गुरुङ, एन सि सि संरक्षक लोचन राई, एम.टि.यु अध्यक्ष उदय राई, किस्मत मणि श्रेष्ठ, राजु क्षेत्री, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष किसन गौतम लगायतले आसन ग्रहण गरेका थिए ।
साथै विभिन्न राजनितिक दल, जिल्ला सम्पर्क समिति तथा कोरियामा कृियाशील विभिन्न धार्मिक, सांस्कृतिक, साहित्यिक, खेलकुद लगायत अन्य संघसस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई औपचारिकता प्रदान गर्दै २५औं बर्ष पार गरेको उपलक्ष्यमा कार्यक्रमका सभापति तथा प्रमुख अतिथी लगायत अतिथीहरुले सामुहिक रुपमा २५ वटा  दिप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ गरेका थिए । साथै प्रमुख अतिथी निरज थापाले रजत जयन्तीको ब्यानर उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम नाचगान लगायत नेपाली मौलिक पन्चेबाजा बजाउँदा उपस्थित सबैले बाजाको धुनसङै कम्मर मर्काएका थिए । नेपालदेखी आएका प्रतिनिधि कृष्ण प्रसाद अधिकारीले एन.सि.सि.को प्रगाति बारेको मीठो कविता वाचन गरेका थिए ।
कार्यक्रममा रजत जयन्तिको स्मारिका “नेपाली सन्देश” कार्यक्रमका प्रमुख अतिथिले लोकार्पण गरेका थिए । कार्यक्रममा कोरियामा सक्रिय विभिन्न संघ सस्थाका प्रतिनिधि, मिडियाकर्मी लगायत एन.सि.सि. स्थापना कालदेखि नै विभिन्न भूमिका निभाउदैँ आउनुभएका व्यक्तिहरूलाइ सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।