प्रकाश तामाङ
मकवानपुर । सामाजिक सुरक्षालाई मध्यनजर गर्दै राक्सिराङ गाउँपालिका, चैनपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । चौकीको बिहिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
राक्सिराङ लगायत आसपासका वडाको सुरक्षाको लागी प्रहरी सहायक निरीक्षक बिर बहादुर यादवको नेतृत्वमा ७ सदस्यीय प्रहरी टोलि त्यहाँ राखिएको छ । बिगत केहि बर्ष पहिलेदेखी स्थानीयहरुको माग र गुनासोलाई मध्यनजर गर्दै गाउँपालिकामा चौकी स्थापना गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा सांसद सन्त बहादुर चेपाङले अस्थायी प्रहरी चौकी स्थापना हुनु अति नै असल भएकोले अब छिट्टै लागुऔषधको अबैध ब्यापार, हिंसा, सामाजिक अपराध पुर्ण रुपमा निर्मुल हुने बिश्वास ब्यक्त गरे । साथै जनताको सुरक्षामा सदैव पहल गर्ने उनले बताए । त्यसैगरि कार्यक्रमका बिशिष्ट अतिथी तथा प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले समाजमा रहेका बालबिबाह, बहुबिबाह, बिकृती बिसङ्गती निर्मुल पार्न हरदम सह्योग गर्ने र मुस्कानसहितको प्रहरी सेवा, सामुदायिक प्रहरी सेवा, बिद्यालय सुरक्षा संयन्त्रको स्थापना गरि हरेक जनतालाई सुरक्षाको अनुभुती दिलाउने उनले बताए ।

कार्यक्रमका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष मल्लले पहाडी गाउँको शान्ति सुरक्षा कायम गर्दै अस्थायी प्रहरी चौकीलाई छिट्टै स्थायी बनाइने साथै बैंक बित्तीय संस्था तथा उद्योगहरु स्थापनामा सदैब सहयोग हुने अपेक्षा पनि गरे । चौकी स्थापना भएपछि स्थानीयले सुरक्षित महसुस गरेका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य बुद्धिजीवी, शिक्षक, समाजसेवि लगायत अन्य स्थानियबासिको उपस्थिति रहेको थियो ।
















