प्रकाश स्मृति कपको उपाधी प्लानिङ ब्वाइजलाई

दोलखा । प्रथम प्रकाश स्मृति कप – २०७५ को उपाधी प्लानिङ ब्वाइजले जितेको छ । हजारौंको संख्या उपस्थित दोलखाली दर्शकहरु माझ हिजो भएको फाइनलमा आयोजक दोलखालाई २–१ ले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधी उचालेको हो ।

प्रकाश स्मृति कपको उपाधी प्लानिङ ब्वाइजलाई

निकै रोमाञ्चक खेलमा प्लानिङ ब्वाइजका लागि खेल सुरु भएको करिव ४ मिनेटमै विदेशी खेलाडी काशीले गोल गरेर आयोजकलाई दबाब दिएका थिए । १७ औं मिनेटमा पिटर सेगुनले अर्को गोल गरेपछि दोलखाका हिमाल श्रेष्ठले ३६ औं मिनेटमा १ गोल फर्काए तर त्यसपछि प्राप्त अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हजारौंको घरेलु मैदानमै दोलखा उपविजेतामा सिमित बन्न पुग्यो ।

विजेता प्लानिङ ब्वाइजलाई खानेपानी मन्त्री बिना मगरले २ लाख ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नु भयो । स्व. प्रकाश दाहालकी पत्नी मगर समापन समारोहको प्रमुख अतिथि पनि हुनु हुन्थ्यो । यस्तै, उप विजेता दोलखाले १ लाख २५ हजार नगद, सेमिफाइनसम्म पुगेका दिपशिखा क्लब नैकाप र एपिएफले ३०÷३० हजार नगद र शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

प्रथम प्रकाश स्मृति कप प्रतियोगिताका उत्कृष्ट किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई पनि जनहि नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट किपरमा प्लानिङ ब्वाईजका विष्णु केसी, वेष्ट डिफेन्डर दोलखाका विवेक बुढाथोकी, दोलखाकै हिमाल श्रेष्ठ वेष्ट स्ट्राइकर र दोलखाकै सुजन श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट तथा दिपशिखा युवा क्लव नैकापका दावा शेर्पा हाई स्कोरर घोेषित हुँदै जनही नगद १०÷१० हजार नगद प्राप्त गरे । सो प्रतियोगितामा कुल १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Comments

comments