नमोबुद्धमा वक्तृत्वकला प्रतियोगिता

दाप्चा । नेपाल मानवअधिकार संगठन, नमोबुद्ध नगर समितिले वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

‘बलत्कारमुक्त समाज निर्माणमा हाम्रो भूमिका’ शीर्षकमा भएको नगरस्तीय प्रतियोगितामा ८ विद्यालयका १५ विद्यार्थीको सहभागिता थियो । छात्रातर्फ बुद्ध एकेडेमीकी दुर्गा तिमल्सिना प्रथम, जनक माविकी रोजिना खनाल दोस्रो र ज्ञानोदय इङलिस बोर्डिङ स्कुलकी प्रभा पोखरेल तेस्रो भइन् ।

छात्रतर्फ ज्ञानोदयका सन्दिप अधिकारी प्रथम, दाप्चा माविका सुजन श्रेष्ठ दोस्रो र कृष्ण माविका रविन्द्र रानामगर तेस्रो भए । दिनेशप्रसाद अधिकारी, राजन अधिकारी र कृष्णप्रसाद अधिकारीसहितको निर्णायक मण्डलले उक्त नतिजा सुनाएको हो ।

प्रथम र दोस्रो हुने प्रतियोगीलाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइने आयोजनक नेपाल मानवअधिकार संगठनका नगर अध्यक्ष नविन अधिकारीले जानकारी दिए । दाप्चा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्रोतव्यक्ति कैलाशप्रसाद पौडेल, नमोबुद्ध नगरपालिका वडा नं ८ का कार्यवहाक वडाअध्यक्ष मनोज अधिकारी, नवराज अधिकारी, बिलबहादुर श्रेष्ठ लगायतको उपस्थिती थियो ।

Comments

comments