धुलिखेललाई ‘खरायोको मासुका लागि हब’ बन्दै, खरायोके मासु सबैभन्दा स्वस्थकर

काभ्रे । अन्य मासुको तुलनामा स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिएको खरायोको मासुप्रति उपभोक्ताको रुचि बढिरहेको छ ।

उपभोक्ताको रुचि बढेपनि खरायोको मासुको फाइदाका बारेमा पर्याप्त जानकारी नभएकाले खरायोको मासुको खपत वजारमा न्यून रहेको छ । उपभोक्ताको निम्ति स्वस्थ र स्थानीयस्तरमा उत्पादित खरायोको मासुको प्रवद्र्धन गर्ने उद्देश्यले द हिमालयन ¥याविट फार्म सक्रिय हुँदै आएको छ ।

उपभोक्ताका लागि स्वस्थकर र स्वच्छ खरायोको मासु धुलिखेलस्थित होटल र रेष्टुरेन्टमा उपलब्ध गराइ स्थानीयहरुलाई खरायो पालनको अवसर दिलाउने उद्देश्यले द हिमालयन ¥याविट फार्म र धुलिखेल होटल संघले संयूक्त पत्रकार सम्मेलनको आयोजना गरी खरायोको मासुको हबका रुपमा विकास गर्ने जानकारी गराएको छ ।

हिमालयन ¥याविट फार्मले क्षेत्रीय होटल व्यवसायी संघ धुलिखेलसँगको सहकार्यमा अन्य सरकारी निकायसँग समन्वय गरी धुलिखेललाईखरायोको मासुका लागि हब बनाउने रणनीति तय गरेको छ । सोही सिलसिलामा होटलमा कार्यरत सेफहरुलाई खरायोको मासुको परिकार होटलको मेनुमा समावेश गर्न र परिकार बनाउने क्षमता विकास गर्न धुलिखेलमा रहेको १० होटलका सेफहरुलाई प्रशिक्षित गराइएको छ ।

धुलिखेललाई ‘खरायोको मासुका लागि हब’ बन्दै, खरायोके मासु सबैभन्दा स्वस्थकर

द हिमालयन ¥याविट फार्मका सञ्चालक उज्ज्वल चापागाईँले धुलिखेलमा रहेका होटलहरुमा खरायोको मासु उपलब्ध गराइने भएकाले सेफहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । ‘खरायोको मासुका लागि धुलिखेललाई हबकारुपमा विकसित गरिने योजना छ ।’ उनले भने, ‘त्यसकै लागि हामी सक्रिय भएका छौँ ।’

प्रशिक्षणमा विशेष गरी खरायोको स्वस्थ मासुको फाइदाका बारेमा जानकारी गराइएको थियो । खरायोको मासुको परिकार कसरी बनाउने भन्ने बारेमा वरिष्ठ पाकशास्त्री सन्दीप खत्रीले प्रशिक्षण दिएका थिए ।

धुलिखेलमा सञ्चालित विभिन्न होटलमा कार्यरत १० जना सेफहरुलाई खरायोको मासुको ५ प्रकारका परिकार बनाएर प्रशिक्षण दिइएको थियो । वरिष्ठ पाकशास्त्री खत्रीले अरु मासुभन्दा खरायोको मासु अन्य मासुको तुलनामा पकाउन सजिलो र स्वास्थ्यका दृष्टिकोणले अत्यधिक फाइदाजनक रहेको बताए । प्राकृतिक तवरले उत्पादन हुने हुँदा अन्य मासुको तुलनामा सुरक्षित र स्वस्थकर मानिने उनको भनाइ थियो ।

खरायोके मासु सबैभन्दा स्वस्थकर
खरायोको मासु सबैभन्दा स्वस्थकर मानिएकाले नेपालमा पछिल्लो समय व्यावसायिक खरायोपालन विस्तार हुँदै गएको छ । हिमालयन ¥याविट फार्मले ग्रामिण क्षेत्रका किसानहरुलाई खरायोपालनसम्बन्धी तालिम र प्रविधिमा पनि सहयोग पु¥याउँदै खरायोको मासु उत्पादन र वजार प्रवद्र्धनका लागि अभिप्रेरित गर्दै आइरहेको छ । त्यसैगरी उच्च गुणस्तरीय र व्यावसायिकरुपमा खरायोको मासु नेपालका सबै ठाउँमा पु¥याउन पनि हिमालयन ¥याविट फार्म सक्रिय हुँदै आएको छ ।

प्रशिक्षणमा खरायोको मासुको विभिन्न परिकार बनाउने बारेमा व्यावहारिक ज्ञान दिइएको थियो । प्रशिक्षणले मासुको परिकार बनाउन सहयोग पुग्ने र यसबाट उपभोक्तामाझ होटल व्यवसायीलाई खरायोको परिकार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ । खरायोको मासु अरु मासु पकाएकोजस्तो झन्झटिलोसमेत नभएकाले ग्राहकलाई छिटो सेवा दिन सकिने बताइन्छ । यसको परिकार बनाउन सहज छ ।

नेपालमा मासुका लागि विशेष गरी सोवियत चिन्चिल्ला, न्युजिल्याण्ड ह्वाइट र क्यालिफोर्निया जातका खरायोहरु पालिने गरिएको छ । खरायोको मासुमा अत्यधिक प्रोटिन पाउने र धेरै कम मात्रामा चिल्लो पदार्थ हुने भएकाले खरायोको मासुका परिकारहरु मुटुरोग, डायबिटिज, दम भएका व्यक्ति, गर्भवती र सुत्केरी महिला, ग्यास्ट्रिक, बृद्धदेखि सम्पूर्ण उमेरसमूहका व्यक्तिहरुलाई लाभदायक मानिने धुलिखेल अस्पतालका चिकित्सक डा. सुजन माकजु श्रेष्ठले बताए ।

मानव स्वास्थ्यका लागि लाभदायक र स्थानीय कृषकहरुको जीवनस्तरमा परिवर्तन गर्न सहयोगी हुने खरायो पालन व्यवसायलाई विस्तार गर्न धुलिखेलका होटलहरुले खरायोको मासु विशेष परिकारकारुपमा राख्नुपर्ने हिमालयन होराइजन होटलका संस्थापक बेलप्रसाद श्रेष्ठले बताए । उनले होटलको मेनुमा खरायोको मासु राखेर धुलिखेललाई खरायोको मासुको हबकारुपमा विकास गर्न सके पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास थियो ।

खरायोले विशेष गरी दुबो, किम्बू, भटमास, जौ, सखरखण्ड, गहँु, सिमी तथा डाले घाँस खाने भएकाले यसको मासु हाइजेनिक र मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ । द हिमालय ¥याविट फार्मले खरायोको मासु उत्पादन गरी नियमितरुपमा होटलहरुमा उपलब्धता गराउने भएको छ । यसरी उत्पादित मासुको परिकार बनाएर आफ्ना ग्राहकलाई सेवा दिन धुलिखेल होटल संघ लागि पर्ने धुलिखेल होटल संघकी सचिव ज्योत्सना सैँजुले बताइन् ।

द हिमालय ¥याविट फार्मबाट उत्पादित खरायोको मासु उच्च गुणस्तरीय, हाइजेनिक, जैविक र रसायनमूक्त रहेको छ । यसले सहयोग गर्दै आइरहेका विभिन्न खरायोपालक व्यवसायीको फार्मबाट उत्पादित हुने मासुको वजार विस्तारसमेत गर्दै आएको छ । खरायो पालन व्यवसायलाई आधुनिक तौर तरिकाको प्रयोग गर्न सके एउटै माउ खरायोबाट वार्षिक २० देखि २५ हजार रुपैँयासम्म आम्दानी गर्न सकिन्छ । खरायोहरु वयस्क हुँदा २ दशमलव ५ देखि ४ किलोसम्मका हुन्छन् । व्यावसायिकरुपमा पाल्दा प्रत्येक दुई–दुई महिनामा बच्चा जन्मन्छन् ।

एक पटकमा १२ वटासम्म बच्चा एउटा माउले जन्माउँछ । खरायो जन्मेको चार महिनामा मासुको लागि उपयुक्त मानिन्छ । खरायोको मासु भने प्रति किलो ९०० रुपैयाँसम्ममा विक्रि भइरहेको छ ।

Comments

comments