मौरीपालक किसानहरुलाई बेकेट वितरण, किसान खुशी

प्रकाश तामाङ
मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ६ र ७ मा मौरीपालक कृषकहरुलाई बकेट बितरण गरेको छ ।
व्यवसायिक किट बिकाश निर्देशनालय ललितपुर नेपालले मकवानपुर जिल्लाको राक्सिराङ गाउपालिका वडा नम्बर ६ सङ्गको सहकार्यमा राक्सिराङ ६ र ७ का मौरिपालक कृषकहरूलाई अनुदान स्वरुप बकेट (बाल्टिन) बितरण गरेको हो।

कार्यक्रममा वडा ६ र ७ गरि ६१ जना मौरिपालक कृषकहरूलाई ७ सय १५ वटा बकेट बितरण गरिएको थियो । कार्यक्रम राक्सिराङ गाउपालिका वडा नम्बर ६ का अध्यक्ष सिङ्ग लाल प्रजाको सम्योजकत्वमा सम्पन्न गरिएको हो। मकवानपुरका कृषकहरूलाई मौरी ब्यबसाय उन्मुख गर्नका लागी बकेट अनुदान कार्यक्रम गरिएकोमा व्यावसायिक किट बिकाश निर्देशनालय नेपाललाई वडा अध्यक्ष प्रजाले धन्यवाद दिए । मकवानपुरमा महको उत्पादन अत्यन्त राम्रो तरिकाले फस्टाउदै गएको र चिउरी फुलको संरक्षणका लागी पनि निरन्तर कार्यक्रम गर्दै आएकोले मौरिको अर्गानिक मह उत्पादनमा जोड दिन सबै मौरी कृषकहरुलाई आग्रह समे गरे ।

बितरण कार्यक्रममा उपस्थित मौरीपालक कृषकहरु मौरिपालन र यसको उत्पादनका लागी ठुलो हौसला प्राप्त भएको महसुस गरेका छन। कार्यक्रममा मौरी ब्यबसाय संघ मकवानपुरका अध्यक्ष आइतसिङ चेपाङ, सदस्य क्षेत्रलाल चेपाङ लगायत अन्य धेरै मौरीपालक कृषकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण मौरी ब्यबसाय संघ ३ नम्बर प्रदेशका दिनेश चेपाङले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।