कान्छा लामाको नयाँ म्हेन्दोमाया गीत दङो दङो यूट्युबमा (भिडियो सहित)

बिजय तामाङ
इराक । विदेशी भूमि इराकलाई कर्म क्षेत्र बनाउदै आएका म्हेन्दोमाया गायक कान्छा लामाको नयाँ म्हेन्दोमाया गीत दङो दङो यूट्युबमा सार्वजनिक भएको छ ।

बिगत लामो समयदेखि ईराक जस्तो मुलुकमा बैदेशिक रोजगारको सिलसिलामा पुगेका लामाले आफ्नो नयाँ म्हेन्दोमाया गीत सार्वजनिक गरेका हुन् ।

लामो समय देखि म्हेन्दोमाया अनि सेलो गायनमा योगदान दिई आएको चर्चित म्हेन्दोमाया गायक लामाले यस अघि पनि दर्जनौ गीत बजारमा ल्याई सकेका छन् । लामालाई यो नयाँ गीतमा चर्चित गयिका पुर्णिमा लामाले साथ दिएकी छिन् ।

यस गीतमा मोडेल निरन्जली तामाङ, बिजय तामाङ, सुशील मम्बा र सैलाप वाइबा लगायत रहेका छन् । यसको निर्देशन भने एमबी गुरुङले गरेका छन् ।

लौ हेर्नुहोस भिडियोः

Comments

comments