काठमाडौ,बाैद्व ।तामाङ गीत सांगीतिकको दुनियाँमा फेरि अर्को माया प्रेमसंग अाधारित नयाँ म्युजिक भिडियो बजारमा अाएको छ ।उक्त गीतमा नव मोडल योसफ लामा र याङगी दोङले अभिनय गरेको हो। उक्त “एला डान्बा खामा माया” गीतको म्युजिक भिडियो अाज सार्वजनिक गरिएको छ ।

गायक हावा लामाको मिठो स्वरमा रहेको छ भने यस गीत हस्त लामा (हार्दिक)को शब्द,संगीत निमा दोङको रहेको छ। गीत माया प्रीतिमा अाधारित रहेको छ ।

नेपाल अादिवासी जनजाति चलचित्र महासंघका वरिष्ठ उपाध्यक्ष तथा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यतामा सो म्युजिक भिडियोको विमोचन गरिएको हो।
कार्यक्रम निर्देशक तथा नायक अमिर दोङको सभापतित्वमा सम्पन्न भएको थियो भने विशेष अतिथिको रुपमा गायक विशाल काल्तान, नायिका चाँदनी मोक्तान, कथा लेखन तथा निर्देशक ऋतुराज पाख्रिन , मिसन समृध्द नेपालका उपाध्यक्ष विकास बाबु श्रेष्ठ र महासचिव मिलन कुमार लामा लगाएत अन्य व्यक्तित्वहरुको उपस्थिति थियो ।

यो म्युजिक भिडियोमा योसफ लामाले पहिलो इन्ट्री गरेका छन् । यो वियोगान्त गीतको म्युजिक भिडियोमा नव मोडल योसफ लामालाई  यङ्गी दोङलेसाथ दिएकी छिन् ।

मायामा पिडा कस्तो हुन्छ ? प्रेम पिडा के हो ? यदि यो जान्न चाहनु हुन्छ भने यो म्युजिक भिडियो हेर्नै पर्ने छ ।

नव मोडल योसफ लामाले भिडियोलाई न्याय दिन सफल भएको छ भन्ने प्रष्ट हुन्छ म्युजिक भिडियो हेरे पछि ।

तामाङ फिल्मलाई अाजको म्युजिक भिडियोल च्यालेन्ज दिएको अनुभुति सुनाउदै सफलताको शुभकामना दिनु भएको थियो ।

तामाङ चलचित्र संघका अध्यक्ष तथा प्रमुख अतिथि विकु थोकर ज्युले नायिका चाँदनी मोक्तानकै भनाइमा सहमती जनाउनु भयो । उहाँले बताउनु भन्नु भयो ‘ तामाङ समुदायको लागि यो म्युजिक भिडियो एक नयाँ अायम हो ।’

पहिलो चोटि अभिनय गरेका मोडल योसफ लामा अाफ्नो म्युजिक भिडियो हेरेर अाफै दङ्ग परेका छन् । ‘मेरो यो पहिलो प्रयास हो । अाशा छ सबैले माया गरिदिनु हुने छन् ।’ उनले हौसिँदै भने ।

तामाङ म्युजिक भिडियोको संसारमा यसले छिट्टै एउटा छलाङ मार्ने र जताततै अागो लगाउने निर्देशक अमिर दोङको दावी छ ।

थुप्रै गीतमा अाफ्नो अावाज दिएर तामाङ संगीत क्षेत्रको भण्डार भर्दै अाएका गायक हावा लामा अाफ्नै जीवनमा अाधारित यो म्युजिक भिडियो सम्पुर्ण तामाङ समुदायको माझमा लिएर अाएका छन् ।

Comments

comments