गजल

गजल ……………

हिजोआज किन हो किन लोकतन्त्रमा लूट तन्त्र देख्छु
गणतन्त्र नेपालमा हुदै नभएको अशुभ राज तन्त्र देख्छु

हजारौं हजार महान योद्धाको रगत सँग लत पतिएकाे
गणतन्त्र र संघीयता भरि मनपरि गरेको मन तन्त्र देख्छु

धेरै नेपालीको त्याग तपस्या र बलिदान बाट राजा हटे
राजाको तालमा बाजा बजाउनेकाे हातमा गणतन्त्र देख्छु

राजा फाल्दैमा सामन्तवाद ढल्ने कुरा कल्पना गरेउ
तर अहिले जनता लाई धोका दिन रचेको मात्र मन्त्र देख्छु

सर्वहारा उठेर राज्यसत्ता खोसेको ढुङ्गामा सातु मोसेको
सपना देख्दै भित्तामा सजायको कालो लोकतन्त्र देख्छु

अर्जुन सिहं अनुरागि
कर्णाली प्रदेश
हाल प्रवास

Comments

comments