सौल दक्षिण कोरिया,
दक्षिण कोरियामा रहेर आफुले कडा परिश्रम गरेर अलिकत बचेको समय सामाजिक सेवामा दिलो ज्यान दिएर लागि पर्दै आएका राष्ट्रप्रेमी, सहयोगी, स्वतन्त्र युवाहरुले समुहले बिगत तिन बर्ष अघि देखि प्रत्यक जाडो याममा “मान वन न्यानाे बाडौं अभियान” संचालन गर्दै आएको छ भने यो बर्ष पनि याे कठ्याङ्गिदाे चिसाेमा गरिव तथा अति विपन्न बस्तिमा वृद्धवृद्धा तथा बालबालिकाहरुलाई न्यानाे बाड्ने उदेश्यका साथ “मान वन न्यानो बाडौं अभियान ” संचालन गरेको छ ।
दक्षिण कोरियामा कार्यरत मनकारी नेपालीहरुबाट मान वोन मान वोन संकलन गरेर आफ्नो मातृभूमि नेपालमा अत्यन्तै न्युन आर्थिक अबस्थाका कारण जाडो याम कटाउन एउटा तातो कपडा किन्न पनि निकै नै धौधौ पर्ने अति विपन्न पिछडिएका साथै गरिबिले थिलो थिलो पारेका परिवार, एकल महिला, वृद्धवृद्धा तथा बालबालिकाहरुलाई न्यानो हुने सिरक, डसना तथा लत्ताकपडा हरु बितरण गर्दै आएको छ ।
पहिलाे वर्ष २०७२ मा हेल्प नेपालसंगकाे सहकार्यमा कोरियामा संकलित रकमले दुईवटा जिल्ला सिन्धुपाल्चाेक र सर्लाहिमा न्यानाे बाडेको यो समुहले दाेस्राे वर्ष २०७३ मा नेपालमा पनि कोरियाबाटै नेपाल गएर आफ्नै अभियान्ता साथिहरु आफै खटेर चारवटा जिल्ला सर्लाहि, सप्तरी, धादिङ र सिन्धुपाल्चाेकमा गरि लगभग ५०० परिवारलाई न्यानाे बाड्न सफल भएको थियो भने तेस्राे बर्ष २०७४ मा नेपालमा सामाजिक संस्थाहरुसंग सहकार्य गरेर कोरियाबाट अभियान्ताहरु आफै खटेर ६ वटा जिल्ला : दोलखा, नुवाकोट, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोकमा ६००परिवारलाई न्यानो बाड्न सफल भएको थियो ।
यो बर्ष पनि याे कठ्याङ्गिदाे चिसाेमा गरिव तथा अति विपन्न बस्तिमा वृद्धवृद्धा तथा बालबालिकाहरुलाई न्यानाे बाड्ने उदेश्यका साथ “मान वन न्यानो बाडौं अभियान” संचालन गरेका अभियानमा काेरियामा रहनुहुने हामी सम्पुर्ण नेपाली समुदायकाे अभियान अभियान सम्झी सहयोगी हातहरु अगाडि बढ्नेछन्र भन्ने अपेक्षा रहेकाे यस अभियानका अबियान्ता हरुले बताए । यो अभियान कुनै पनि सस्था प्रति नभएर कोरियामा भएका विश्वासिला केही साथिहरुले समन्वय गर्ने प्रयास मात्र गरिरहेको अभीयान्ताहरुको भनाई छ । यहाँहरु पनि काेहि यस पुण्य कार्यको समन्वय कमिटिमा अावद्ध हुन चाहनु हुन्छ भने स्वागत गर्न सकिने बताए । अबको दुई हप्ता मात्रै संचालन हुने अभियानमा कोरियामा रहनु हुने सम्पूर्ण नेपालि दिदि बहिनि दाजुभाई हरुलाई सहयोगको अपिल गरेको छ ।

सहयाेगकाे लागी
बैक:- उरी
खाता नम्बर:- Kc saroj (worri bank code 020) 100-2655-4194-88
रकम जमा गरीसके पछी स्लिप अनिवार्य पठाउनुपर्नेछ
सम्पर्क न:०१०६४६५६०४१

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।