भक्तपुर । स्हेङजी क्रु ग्रुपको प्रस्तुतिमा अर्को नयाँ तामाङ गीत अमेरिकमा बसेर पनि अाफ्नो भाषा, धर्म संस्कार र संस्कृतिलाई माया गर्नुभई गायक डिबि काल्देनको स्वरमा तामाङ गीत आम्मेैले होई आम्मैले गितको भिडियो सार्वजनिक छ।

चर्चित संगीतकार तथा गायक  विशाल काल्तानको शब्द संगितमा रहेको तामाङ सेलो गीतको म्युजिक भिडियोमा स्हेङजी क्रिउ र हाल निकै व्यस्त मोडल पुसन लामाले अभिनय गरिएको हो। प्रतीक ङेसुरको निर्देशनमा बनेको उक्त भिडियोमा सुर्य लामाले छायांकन सम्पादन गरेका छन ।

हालसम्म दर्जनौं भन्दा बढी अफिसियल म्युजिक भिडियोमा काम गरिसकेका स्हेङजी क्रुले धेरै कभर भिडियो बनाईसकेको छ ।  स्हेङजी क्रुउका निर्देशक प्रतीक ङेसुर हुन भने क्रुउमा जीवन लामा , सृजना तामाङ, लक्ष्मि तामाङ, प्रशान्त घिसिङ, अजय थिङ र आशिष घिसिङ रहेका छन्

रामेछाप, बर्दिबास , सिन्धुपाल्चोक , चन्द्रगिरिबाट नृत्यमा भबिष्य खोज्दै काठमाडौं आएका यि समूहको हाल भक्तुरको सुर्यविनायकमा आफ्नै कल्चर रहेको छ। तत्कालै अर्को गीत लगत्तै स्हेङजी क्रु को अभिनयमा रहेको अर्को प्रस्तुति हजारौँला गुङरी बोलको गितको भिडियो आउने जानकारी तेमाल अनलाइनलाई दिनुभएको छ।

लौ हेर्नुहोस् भिडियोः

Comments

comments