गायक सन्तोष लामा वाईबाको बिलकुलै नयाँ गीत माथि माथि लेकमा भन्ने बोलको गीत सार्वजानिक भएको छ । माथि माथि लेक घुम्नमा जाँदा गुन्द्रुकको आचार च्याख्लाको भात भन्ने शब्दबाट गायक सन्तोष लामा वाईबाको चर्चा पाएका छ ।

दोलखाको पर्यटकीय क्षेत्र खरिढुङगा र कालिन्चोक आसपासमा यस गीतको छायांकन भएको हो ।

बुद्ध लामा तितुङको निर्देशनमा बनेको उक्त भिडियोलाई हो भने क्यामरामा रामेश्वर जिरेर र शब्द संगित अमर लामा बम्जनका रहेको छ ।
भिडियोमा कलाकारहरु रबिता मगर , ममता मोक्तान, सुरज लामा र जीवन मानन्धरको अभिनय गरिएको थियोे।

सबै स्रोता दर्शकले मनपराउने आशा पनि निर्माण पक्षले राखेको छ । यस भिडियोलाई क्लिक नेपाल युटुब च्यानल बाट सार्वजानिक गरिएको हो ।

दर्जन भन्दा बढि गीत गाईसकेका गायक सन्तोषको यो भन्दा अगाडि बाध्यता नामक एल्बम बजारमा आईसकेको छ ।

बाध्यताले आईपुगे म यो बिरानो सहरमा , लेक माथि फुल्ने गुराँस जस्ता गीतले सन्तोषको चर्चा चलिरहेको बेला यो अर्को प्रस्तुतिले सन्तोषको चर्चा झनै चुलिदै गएको छ । भिडियो नबन्दै धेरै श्रोता दर्शकले मन पराएको यो गीत हो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।