(कलाकारीता क्षेत्रकी एक हस्ती मोक्तान सन्ध्या सुस्केरा सशक्त मोडल पनि हुन् । गीतकार, गायिका र मोडलीङको अलाबा उनी समाजसेवी पनि हुन् । उनको चर्चित नाम मोक्तान सन्ध्या सुस्केरा भएपनि वास्तविक नाम भने किशोरी लामा हो ।
बुबा बाबुकाजी लामा, आमा रेखामाया घिसिङको कोषबाट २०४१ साल चैत्र १५ गते रामेछाप जिल्ला, दोरम्बा गाउँपालिका वडा नं. ७, थापा गाउँमा जन्मेकी थिइन् । उनीसँग उनकै भाषामा आफ्नो जीवनशैलीको बारेमा हामीले सोधेका थियौं ।
प्रारम्भिक शिक्षा श्री भिमेस्वर मा.बि., माध्यमिक तह श्री कालिका मा.बि.लखनपुर–२ बाट लिएका उनी सानै देखि लेख्ने, गाउने, नाच्ने गरेता पनि गित सङ्गितमा अगाडि बढेको ३।४ बर्ष भयो । विगत २।३ वर्ष देखि अभिनय क्षेत्र र समाज सेवामा छिन् । प्रस्तुत छ कलाकार तथा समाजसेवी मोक्तानको जीवनशैली उनकै शब्दमा । –सम्पादक)

‘मेरो जीवनशैली’ –मोक्तान सन्ध्या सुस्केरा

मेरो खानाः नेपाली खाना ।

मेरो पोसाकः नेपाली तथा आफ्नै भेष भुषा ।

मेरो फिटनेसः हल्का मोटी भाछु, आबश्यक पर्दा घटाउँछु ।

मेरो अध्ययनः साहित्य, गीत सङ्गीत ।

मेरो घुमफिरः अति मन पर्छ ।

मेरो फुर्सदः फुर्सद कमै हुन्छ, त्यो समय गीत सुन्ने, गाउने, अभिनय गर्ने बस्ने ।

मेरो खेलकुदः ब्याडमिन्टन र भलिबल ।

मेरो मोबाइलः सामसुङ

मेरो टीभीः मोबाइल नै प्यारो, टिभी हेर्ने फुर्सद नै हुदैन, विशेष सोहरु चाहिँ समय मिलाएर हेर्छु ।

मेरो चलचित्रः नेपाली

मेरो रोगः छैन

मेरो भाषण शैलीः सामान्य तर साहित्यिक, साङ्गितिक ।

मेरो मापसेः छैन, गर्दिन ।

मेरो संगीतः नेपाली आधुनिक, नेपाली लोकसेलो, नेपाली लोकदोहोरी गीत

मेरो भूलः कसैलाई छिटै बिश्वास गर्नु ।

मेरो घरः छैन

मेरो राशीः कन्या

मेरो सौन्दर्यचेतः जीवन आफैंमा सुन्दर उपहार हो । सौन्दर्य हेर्ने आँखा ।

मेरो प्रेमः सायद भाग्यमा बिछोड लेखिएको थियो ।

मेरो सपनाः ठुलो सपना केही छैन, देशको लागि केही गर्न सकँु ।

मेरो मृत्युः अबस्यम्भाबी, कहाँ हुन्छ थाहा छैन ।

Comments

comments