सांगीतिक क्षेत्रमा वर्षौंदेखि अनवरत रुपमा लाग्दै आईरहेको गायक एवं स्रस्टा श्रीतामाङ को “पँधेरिमा” नामक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । संगितलाई आफ्नो जीवन जिउने आधार बनाएका गायक तामाङले नेपाली लोक गित, आधुनिक गित, फिल्मी गित साथै सेलो गीतहरुमा स्वर अनि संगित दिसकेका छन् । शारीरिक रुपमा दुवै आँखा देख्न नसक्ने उहाँको धेरै गितहरु कृतिहरु केही ब्यक्तिहरुले आफ्नो अनुमती विना आफ्नो हो भनी समेत चोरेको दुखेसो पोख्नुहुन्छ ।
यो पँधेरिमा गीत केही वर्ष अघि नै रेकर्ड गरि अडियो मात्र बजारमा उपलब्ध थियो । अडियोलाई श्रोताहरुले राम्रो प्रतिक्रिया दिएका थिए । उहाँ भन्नू हुन्छ यो भिडियोलाई पनि सबैले मन पराईदिनुहुनेछ ।
भिडियोलाई गोल्चे मिडियाको प्रस्तुतिमा अनिल स्याङ्बो पृथकले छायांकन गरेका हुन भने सम्पादन दिपक तामाङ र नृत्यनिर्देशन ॐ वाईबा तामाङले गरेका हुन । भिडियो कन्सेप्ट तथा अभिनय प्रीतम कुमार तामाङको रहेको छ भने उनलाई साथ दिएका छन मुना स्याङ्बोले । यस भिडियो सिन्धुपाल्चोकको अतिनै रमणीय ठाउँ थाङ्पाल गुन्सा तथा मेलम्ची आसपास खिचेका छन । भिडियो निर्माणको क्रममा थाङ्पाल गुन्साका समाजसेवी पदम स्याङ्बो र कृष्ण बिक्रम सिलवालले बिशेष सहयोग गरेका थिए ।