साैल, दक्षिण कोरिया ।

नेपाल तामाङ संघ, दक्षिण कोरियाले अगामी सलनालको दोस्रो दिन फेब्रुअरी ४ का दिन सोनाम ल्होछार (सुँगुर बर्ग) मनाउने भएको छ । यसपाली संघले `२८५५ औं फाग् ल्हो सोनाम ल्होछार मूल आयोजक समिति´ गठन गर्दै बृहत रुपमै मनाउँने संघले आइतबार निर्णय गरेको छ ।

संस्थाको अध्यक्ष मेघप्रसाद तामाङको संयोजकमा मूल आयोजक समितिको गठन गरिएको छ । मूल आयोजना समितिसंगै विभिन्न सात उपसमिति पनि गठन गरिएका छन् । जसमा संस्थाको सल्लाहकार रबिन तामाङ र उपाध्यक्ष स्नेह लामालाई कार्यक्रम हल ब्यबस्थापन उपसमितिमा चयन गरेको छ भने महासचिव गोकुल थोकरको संयोजकमा ल्होछार तथा कार्यक्रम प्रचारप्रसार समिती गठन गरेको छ ।

त्यस्तै कलाकार ब्यबस्थापन उपसमितिमा संस्थाको वरिष्ठ उपाध्यक्ष रबि लामा, कलाकार युनिक दोङ, राज ब्लोन, भवश्बी बम्जन, अमर थोकर सरोबर र ज्ञान लामालाई चयन गरेको छ । अतिथी ब्यबस्थापनमा संस्थाको उपाध्यक्ष सरिता लोप्चन, स्नेह लामा, बुद्ध लामा, सचिब कमला थोकर, कला ग्लानलाई चयन गरे भने स्वयंसेवक ब्यबस्थापनमा सानू लामा, बुद्ध लामा, सुरेश थोकर, समीर बम्जनलाई चयन गरेका छन् ।

ल्होछार सांगीतिक कार्यक्रमको लागि नेपालबाट सेलो, म्हेन्दोमाया कलाकार ल्याइ ल्होछार संगीतमय र मनोरञ्जनात्मक बनाउने उक्त कार्यक्रम तयारी भेलाले निष्कर्ष निकालेको छ ।

नेपाल तामाङ संघ दक्षिण कोरियामा सन् २००३ मा स्थापना भएको हो ।अहिलेको नवौं कार्यसमितिको यो पहिलो ल्होछार कार्यक्रम हो । आजको भेला एवं कार्यसमितिको बिशेष बैठकले ओखलढुंगाका समीर बम्जनलाई कार्यसमितिको सदस्यमा चयन गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।