दुध लोप्चन,
दक्षिण कोरिया । कोरियाको सलनाल चाडको अवसरमा अयोजना गरिने साँस्कृतिक कार्यक्रमको नेपाली सम्पर्क समिति (एन.सी.सी.)को अनुमति पाएर ३ वटा संस्थाले कार्यक्रम गर्ने भएको छ ।
अइतबार दक्षिण कोरियाको सउलमा भएको छलफलबाट कार्यक्रम गर्न अनुमति पाएका छन् । जसमा २०१९ को फेब्रुअरी ३, ४ र ५ मा क्रमशः नेवा पुच, उदयपुर सेवा समाज र नुवाकोट सेवा समाजले अनुमति पाएका छन् ।
कार्यक्रम एन.सी.सी.का अध्यक्ष अन्जु केसीको सभापतित्व, एन.सी.सी. संरक्षक के.पी. सिटौलाको प्रमुख अतिथ्यता, विभिन्न संघ–संस्थाको प्रतिनीधिहरूको उपस्थितिमा एन.सी.सी.को रजत जयन्तीमा सम्मान पत्र हस्तान्तरण गर्न बाँकीलाई प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।