पापी दाइ’ अयो है बजारमा (भिडियो सहित)

काभ्रे । डि.ए.आर मुभिज एण्ड फिल्म. प्रा .लिले ‘पापी दाइ’ यूट्युबमा सार्वजनिक भएको छ ।

चर्चित गायिका गिता देवी र प्रभावनको पन्चेबाजा सहितको लोक दोहोरि गीत ‘पापी दाइ’ शनिबारबाट डि .ए .आर मुभिज एण्ड फिल्मसको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

यौटा चेलीले माइति घर बाट बिदा हँुदा आफु बिचल्लित हुँदै आफ्नो दाइ सङ पिडा ब्यक्त गरिएको ‘पापि दाइ’मा उजागर गर्न खोजिएको छ । प्रभावनको लयमा उनिएको यस गीतमा आफ्नी चेलिलाई बिदाइ गर्दा यौटा दाइको मनमा उत्पन्न हुने कारुणिक पिडालाइ समेत समेटिएको छ । युवा सर्जक धनपति दहाल र प्रभावनले शब्दमा उतारेका यो गीमा चर्चित गायिका गिता देवी र प्रभावनको सुमधुर आबाज रहेको छ ।

यस गीतमा पुजा पाठक, जिवन गौतम र नारायण दङ्गालको अभिनय रहेको छ ।

लौ हेर्नुहोस् भिडियोः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।