प्रकाश तामाङ
२३ मंसिर २०७५
मकवानपुर । ‘बिकास अनुशासन र गतिशीलता’ भन्ने मुल नाराका साथ मकवानपुर जिल्लाको पश्चिमी राक्सिराङ गाउँपालिकामा प्रथम रनिङशिल्ड गोल्डकप हुने भएको छ ।

गोल्डकप भोली मंसिर २५ गते देखि पौष ६ गतेसम्म हुने भएको हो । प्रतियोगितामा गाउँपालिकाका ९ वटै वडाबाट खेलाडीहरु सहभागिता रहने आयोजकले तेमाल अनलाईनलाई बताएको छ । प्रतियोगितमा प्रथम हुने टिमलाई गोल्डकप मेडल सहित ५० हजार, दोस्रो हुने टिमलाई मेडल सहित २५ हजार साथै उत्कृष्ट चार खेलाडीलाई पुरुस्कार प्रदान गर्ने कार्यक्रम संयोजक सिद्ध लाल लामाले तेमाल अनलाईनलाई बताए ।
खेलकुदले यो भेगको युवाहरुमा सृजनसिलता र उर्जा बढ्नुको साथै स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने हुंँदा खेलको आयोजना गर्न लागेको युवा तथा खेलकुद विकास समिति राक्सिरङ्ग गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

हिजो (आइतबार) राक्सिरङ्ग गाउँपालिका वडा नं ५ बोटबारीमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्ले खेलाडीहरुलाई आवश्यक ड्रेस समेत बितरण गरेका थिए । स्वस्थ रहनलाई खेलकुद आवस्यक र स्वस्थ जनता देश बिकासको निम्ति आवस्यक भएकोले बेला बेलामा यसरी खेलकुदको आयोजना हुनु पर्ने र यस्तो खेल हरेक बर्ष गरिने अध्यक्ष मल्लले बताए ।
प्रतियोगिताको उद्घाटन प्रदेश सांसद ओम कुमार घलानले गर्नु हुनेछ भने खेल राक्सिराङ्ग गाउँपालिका वडा नं ५ बोटबारीको खेल मैदानमा दिनको मध्यान्हदेखि सुरु हुनेछ ।
























