२४ मंसिर २०७५
काभ्रे । धुलिखेलमा सम्पन्न जिल्ला व्यापी पुरुष भविलबल प्रतियोतिाको फाइनल गेममा खानीखोलाले जित हात पार्न सफल भएको छ ।
न्यु गौखुरेस्वर युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिता आइतबार समापन भएको थियो । खेलमंसिर १८ गतेबाट शुरु भई २३ गते समापन गरिएको थियो ।

प्रतियोगितामा जिल्ला भरिका १२ वटा टिमका बीच प्रतियोगिता भएकोमा दोस्रो महाभारत गाउपालिका र तेस्रो आयोजक नै न्यु गौखुरेस्वर युवा क्लबले हात पारेको छ । लड्केशोर युवा क्लबले सान्त्वना मात्र हात पारेको छ ।
विजेताहरुलाई पुरस्कारको समेत व्यवस्था गरेको थियो । जसअनुसार प्रथम हुनेलाई ३० हजार नगद, दोस्रोलाई २० हजार नगद र तेस्रोलाई १० हजार नगद प्रदान गरिएको थियो । त्यसैगरि सान्त्वना लाई ५ हजार नगद प्रदान गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























