बेलायतमा सांसद नबिना लामालाई भब्य स्वागत

नबिन स्याङ्तान
१२, २०१८ डिसेम्बर, लण्डन । विद्यार्थी नेतृ तथा प्रतिनिधि सभा सदस्य सांसद नविना लामालाई तामाङ समाज, बेलायतले लण्डनमा भव्य स्वागत गरेको छ ।

बेलायतमा सांसद नबिना लामालाई भब्य स्वागत

बेलागयत भ्रमणमा रहेका सांसद लामालाई आईतबार समाजले भव्यरुपमा स्वागत गरेको हो । बेलायत भ्रमणमा पति प्रबिण श्रेष्ठ सहित रहेका लामालाई लण्डनमा रही बिभिन्न पेशा, ब्यबसाय गरिरहेका तामाङहरुको सामाजिक संस्थाको रुपमा रहेको समाज लण्डनमा सामाजिक कार्यहरुमा क्रियाशिल छ । स्वागत कार्यक्रममा समाजका अध्यक्ष कुमार लामा स्याङ्तान लगायतले खादा तथा मालाद्वारा स्वागत गरिएको थियो ।

बेलायतमा सांसद नबिना लामालाई भब्य स्वागत

स्वागत कार्यक्रममा सांसद लामाले प्रवासमा रहेर पनि तामाङहरुले गरेको प्रगति प्रति खुशी व्यक्त गर्दै आफूलाई स्वागत गरेकोमा धन्यवाद व्यक्त गरेकी थिइन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।