२६ मंसिर २०७५,
काभ्रे । काभ्रे जिल्ला मुवाथाई संघको अध्यक्षमा बज्र लामा निर्वाचित भएको छ । बनेपामा सम्पन्न अधिबेशनले लामाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
अधिबेशनले उपाध्यक्षहरुमा बाल गोपाल शाह र रावल लामा, सचिवमा प्रताब सिं लामा, सह–सचिवमा माया वाईबा, कोषाअध्यक्षमा विष्णु माया पुलामी, सदस्यहरुमा रोहित परियार, अर्जुन लामा, अविरल लामा, लक्ष्मी मगर, पदमकुमार लामा, बेगलाल तामाङ र सुन्दर तामाङ लामा रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























