पा अध्यक्ष गौतमको प्रतिबद्धता, ‘डेढ वर्ष भित्र सबै घरमा खानेपानीको धारा’

सुसन सापकोटा (विज्ञान)
२८ मंसिर २०७५
चौरीदेउराली । काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम (प्रयास)ले अबको डेढ वर्ष भित्र गाउँपालिका भित्रका सबै घर–घरमा खानेपानी पुग्ने दावी गरेका छन् ।

शुक्रबार स्वर्णिम सरस्वती युवा क्लब चौरिदेउरली–४ ले आयोजना गरेको ६ मासिक रचनात्मक कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै गापा अध्यक्ष गौतमले उक्त दावी गरेका हुन् ।

‘गाउँपालिका भित्र प्रत्येक गाउँ र वडामा सडक पुगी सकेको छ । यहाँ खानेपानीको अभाव छ ।’ अध्यक्ष गौतमले भने, ‘यो वर्षलाई हामीले खानेपानीको बर्षको रुपमा कार्यक्रम अघि सारेका छौ । डेढ बर्ष भित्र हरेक घरमा खानेपानी पुग्छ ।’

गापा अध्यक्षले मन्त्रीसँग यसो भने

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले आफ्नो गापा भित्र मोवाईलको नेटवर्क नआएको गुनासो गर्दै सबै ठाउँमा मोवाईल टिप्ने बनाउन सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा समक्ष माग राखे ।

उनले जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएकोले प्राबिधिक शिक्षा आबश्यक रहेको भन्दै यसको लागि समेत सहयोग गर्न मन्त्री बाँस्कोटा समक्ष माग गरे ।

चौरीदेउराली गापा भित्र रहेको १२ वटा माबिलाई प्राबिधिक शिक्षामा बिकास गर्ने लक्ष्या रहेकोले यसमा पनि मन्त्रीको सहयोगको अपेक्षा गरेको उनले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।