बनेपा । काभ्रेमा रहेको पुरातत्व विभाग मार्फत कसरी मठ मन्दिर तथा धार्मिक स्थलको काम भईरहेको छ भनेर स्थानिय नागरिक समाज, निर्वाचित जनप्रतिनिधि, धार्मिक स्थलको पुजारी, निमार्ण व्यवसायि, तथा पुरातत्व विभागका प्राविधिकको उपस्थिती सहित सुसासन पारदर्शिता तथा सयुक्त धार्मिक स्थलको अवलोकन आइतबार बनेपाको चण्डेश्वरी मन्दिरमा गरिएको छ ।
ट्रान्सपरेन्सि ईन्टर नेशनल नेपालका कार्यक्रम व्यवस्थापक दिनानाथ भट्टराईको उपस्थितीमा चण्डेश्वरी मन्दिरमा पुरातत्विक रुपमा रहको निमार्णाधिन मन्दिरको निमार्ण प्रक्रिया, जनसहभागिता, प्राविधिक सहयोग, सहित निमार्णको लागी प्रयोग गरिएको सामाग्री शैलि सहित निमार्ण कार्यको लागी हुनुपर्ने लागत अनुमान सहितको मन्दिरको डिजाईन नक्सा को विषयमा प्रत्यक्ष सहभागि मार्फत जानकारी र छलफल तथा अन्तरक्रिया भएको हो ।
यसैक्रममा निमार्ण व्यवसायिले यस निमार्णधिन मन्दिर बनाउने क्रममा मन्दिरको पुजारी, तथा स्थानिय नागरिकको सहयोग अत्यन्त राम्रो रहेको र सहज रुपमा सम्पनन गरी स्थानियको सहभागिता तथा उपस्थितीमा हस्तान्तरण गरिने बताए ।
पुन निमार्ण गर्न लागिएको मन्दिर हरेक दिन कसरी काम भईरहेको छ र कस्तो प्रकारको सहयोग चाहिने हो र कसरी सहयोग उपलब्ध गराउदा अझ प्रभावकारी बनाउने भन्ने विषयमा बनेपा नगरपालिका वडा कार्यालय मार्फत वडा सदस्य तथा आफु नियमिति रुपमा निगरानि सहित आवश्यक रुपमा सहयोग उपलब्ध चाहिएको खण्डमा माग्न अनुरोध गर्दै स्थानिय रुपमा पुरातात्विक मठ मन्दिर बनाउन आफु सदैव सहयोग उपलब्ध गराउन प्रतित्बद्ध रहेको कुरा वडा अध्यक्ष बलराम अधिकारीले बताएका छन्।
निमार्णको क्रममा प्राविधिक पाटोको क्रममा निमार्ण व्यवसायि तथा निमार्ण कार्य कसरी भईरहको भन्ने विषयमा नियमिति अनुगमन गर्ने कार्य रहेको साथै यस प्रकारको पुरातात्विक मठ मन्दिर निमार्ण गर्ने क्रममा गुणस्तरको मामलामा कुनैपनि मुल्य नचुकाई बनाउनपर्ने हुन्छ त्यसकारण पनि नियमित अनुगमन गर्ने गरेका कुरा मुख्य प्राविधिक मोहन कृष्ण श्रेष्ठले व्यक्त गरेका थिए ।
१९९० सालको भुकम्पको समयमा आर्थिक अभावको कारण हुन सक्छ गुमज शैलिमा बनेको केहि मन्दिरहरु मध्ये चण्डेश्वरी मन्दिरको पुननिमार्णमा रहको मन्दिर पनि गुमज शैलिमानै बनेको र उक्त मन्दिरलाई सोहि शैलिमा बनाउन प्राविधिक पाटो सजिलो पनि छ र विश्वसनिता पनि दिलाउने प्रतिबद्धता जनाए ।
















