रोज सुनामी राईको स्वरमा सजिएको “मरि लानु के नै छर, दुई दिने जिवनमा लैजाने मै हुँ तिमिलाई, यहि मंसिरैमा……….।” बोलको गितले यतिबेला नेपाली संगित प्रेमिहरुको मन जितिरहेको छ ।

संगितप्रेमि तथा प्रेममा रमाईरहेकालाई मिल्दो जुल्दो लाग्ने यस गितका शब्दहरु मन छुने किसिमका छन् । ओ एस आर डिजिटलले बजारमा ल्याएको सो गितको शब्द र संगिता देवेश राईको रहेको छ । गितमा गुञ्जिने साकेलाको कर्णप्रिय भाकाले सुनमा सुगन्ध थपेको छ ।

गितको म्युजिक भिडियोले पनि दर्शकहरुलाई मन जितेको छ । दिनेश माङमुले निर्देशन गरेको म्युजिक भिडियोमा धरानकै मनोरमस्थल घोपाका दृष्यहरु समावेश छन् । ड्रोन सर्टहरुका कारण भिडियोले दर्शकहरुलाई अझै आनन्दको अनुभुति दिन्छ । गितको म्युजिक भिडियोमा सञ्जय लामा र जेसुन लिम्बुले अभिनय गरेका छन् ।

रोज सुनामी राई वाल्यकालदेखि नै गितसंगित भनेपछि हुरुक्कै हुने गर्दथे । उनको जन्म संखुवासभामा भएपनि उनको वाल्यकाल बराह, सुनसरीमा बित्यो । उमेरले २५ बसन्त पार गरिसकेका उनी १६ वर्षको उमेरमै काठमाडौं भित्रिए । गित संगितकै दौडाहमा खुल्ला आकाशमुनि बिताएका रात र धेरै कष्टका क्षणहरु संगाल्दा एउटा फिल्मको कथा नै बन्ने उनको तर्क छ । धरानका सांगितिक गुरु भोला प्रसाद राई र रेडियो नेपालको प्रेरणा सधैं स्मरणिय बनेको रोजको अनुभव छ ।

७ वर्षअघि जब उनी नाम चलेको पूर्वाञ्चल आइडलको फाइनलसम्मको यात्रा गर्न सफल भए तब यो बोलको सार्वजनिक भयो । र त्यहि गितलाई नयाँ फ्लेवर दिएर मंगोलियन सहित समग्र नेपाली संस्कृति उजागर गर्ने अठोट बोकेर संगित प्रेमि माझ झुल्किए, उनी । उनका दुई सेन्टिमेन्टल र अर्का दुई पूर्वेली लोक भाकामा आधारित गितहरु पनि रेकर्डिङकै प्रकृयामा छन् ।

भिडियो हेर्नुहोस्

 

Comments

comments