तेमाल अनलाईन संवाददाता,

दक्षिण कोरिया । तामाङ समाज ख्यङ्सङ्नाम्दो/बुसान, दक्षिण कोरियाको आयोजकत्वमा र DSME तामाङ समाजको सह-आयोजकत्वमा आउदै गरेको कोरियन चाड सलनालमा अर्थात् फेब्रुअरी ३ तारीख आइताबारका दिन किम्हे शहरमा नेपालीहरुको राष्ट्रिय पर्व र समस्त तामाङहरुको महान चाड ‘२८५५ औँ सोनाम ल्होछार(फा ल्हो) संस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि तामाङ समाज ख्यङ्सङ्नाम्दो/बुसान दक्षिण कोरियाका अध्यक्ष विश्वास ब्लोनको संयोजकत्वमा सोनाम ल्होछार मूल अयोजक समिति गठन गरिएको छ । मूल आयोजक समितिसंगै विभिन्न पाँचवटा उपसमिति पनि गठन गरिएका छन् ।

तामाङ समाज ख्यङ्सङ्नाम्दो/बुसान कोरियाका अध्यक्ष विश्वास ब्लोन तथा DSME तामाङ समाजका अध्यक्ष करण डिमडुङ्गले कोरियामा रहेका बुद्धिजीवीहरु, संघ संस्थाहरु, व्यवसायीहरु लगायत सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुलाई कार्यक्रममा सहभागिताको लागि हार्दिकताका साथ संयुक्त अव्हान गर्नु भएको छ । साथै उक्त दिन तामाङ समाज ख्यङ्सङ्नाम्दो/बुसान दक्षिण कोरियाद्वारा सञ्चालनार्थ नि:शुल्क महिला आवास गृह नानाआङा धिम, किम्हेको उद्धघाटन पनि हुने जानकारी गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।