धुलिखेल । काभ्रेको पर्यटकीय नगरी धुलिखेल नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ ।

घर घरमा सफा चर्पी हाम्रो शान, पुर्ण सरसफाई उन्मुख धुलिखेल नगर बनाउने हाम्रो अभियान भन्ने मूल नाराका साथ धुलिखेल नगरपालिकालाई खुल्ला दिसामुक्त नगर घोषणा आज (आइतबार) धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी गरिएको हो ।

कार्यक्रम नगर स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धुलिखेलको आयोजनामा भएको हो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सी को प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा के. सी ले उपस्थित जनप्रतिनिधि, स्थानीय जनताहरुलाई सपथ खुवाई नगरपालिकाका मेयर अशोक व्याञ्जुलाई प्रमाणपत्र वितरण गरी नगर खुल्ला दिसामुक्त भएको घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथी केसीले धुलिखेल नगर आफैमा एक पर्यटकीय नगरी नगरपालिका भएकोले यो नगर खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत, अतिथीहरु नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रेस सल्लाहकार मोतिराम तिमल्सिना, जिल्ला खानेपानी तथा सरसफाइ समितिका कोअर्डिनेटर रामकाजी काफ्ले, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुको सभापतित्वमा सम्पन्न कार्यक्रममा ११ वटै वडाका अध्यक्ष, प्रतिनिधिहरुलाई खुल्ला दिसामुक्त वडा घोषणा प्रमाणपत्र प्रदान गरेका थिए । भने उपमेयर विमला शर्माले आचार संहिता वाचन गरी हस्ताक्षर गराएका थिए ।

धुलिखेल नगरपालिकाको कुल घरधुरी ७ हजार ९ सय २ रहेको र त्यसमध्ये ८९ प्रतिशतले सामुहिक रुपमा शौचालय प्रयोग गरेको र बाँकी २ प्रतिशतले व्यतिmगत शौचालय प्रयोग गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।

Comments

comments