काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा भर्खरै भिषण आगलागी भएको छ ।

क्याम्पसको भवनपछाडि काठमा अज्ञात समुहले आगो लगाएपछि आगलागी भएको आशंका गरिएको छ । सुूरुमा काठमा आगो लागेपछि विद्युत सर्ट हुँदा थप क्षति भएको हो ।

आगलागीबाट जेनेरेटर जलेर लाखौको क्षति भएको छ । भने आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
आगलागीलाई प्रहरी, सेना र स्थानीयले नियन्त्रणमा लिने प्रयास भैरहेको छ । थप विवरण आउन बाँकी नै छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।