धुलिखेलमा ४ दिने होमस्टे तालिम सुरु

धुलिखेल । काभ्रेको धुलिखेलमा होमस्टे (घर बास) पर्यटन सम्वन्धि ४ दिने आधारभुत तालिम आज (सोमबार) देखि धुलिखेल उद्योग वाणिज्य संघको भवनमा सुरु भएको छ ।

तारा गाउँ विकास समितिको आयोजना तथा धुलिखेल उद्योग वाणिज्य संघको सह–आयोजनामा भएको तालिममा ३० जना सहभागीहरुले तालिम लिएका छन् । तालिममा जिल्लाको विभिन्न नगरपालिका, गाउँपालिकाका प्रतिनिधिहरुले भाग लिएका हुन् ।

कार्यक्रमको प्रमुख आतिथि समेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले धुलिखेल एक पर्यटकीय नगरी भएकोले यस्ता तालिमहरुको अत्यन्तै महत्व भएको प्रष्ट पारे । साथै यो तालिमले काभ्रेका जनताहरु रोजगारीमा लाभान्वित हुने र विदेशी मुद्रा भित्रिने हुँदा काभ्रेका जनताहरुको जिवनस्तर उकासिने भएकोले होमस्टे संचालन अब प्रत्येक वडामा सुरु गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिमा तारा गाउँ विकास समितिका अध्यक्ष नारद कुमार लुइटेल अतिथिहरुमा होसानका केन्द्रिय उपाध्यक्ष केशव वडाल, पत्रकार महांसंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, पनौती उद्योग वाणिज्य संघका उपाध्यक्ष मधुसुदन गुरागाई, तारा गाउँ विकास समितिका वरिष्ठ शाखा अधिकृत घनश्याम ढकाल लगायतको उपस्थिीति रहेको थियो ।
कार्यक्रमको सभापतित्व धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।