काठमाडौं । एभरेष्ट फेसन होमको आयोजनामा २८५५ औं सोनाम ल्होसारको अवसरमा ‘मिस तामाङ २०१९’ हुने भएको छ ।
शुक्रबार एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामाले पत्रकार सम्मेलन गरि ‘मिस तामाङ २०१९’ हुने बताएकी हुन् ।
विगत ११ वर्षदेखि यस संस्थाले तामाङ जातिको कला, सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मलाई संरक्षण तथा प्रबद्र्धन गराई तामाङ युवती मार्फत आफुभित्र भएका क्षमतालाई बाहिर ल्याउने उद्देश्यले ‘मिस तामाङ २०१९’को आयोजना गरिएको अध्यक्ष लामाले बताईन् । ‘मिस तामाङ २०१९’लाई सभ्य र भव्य साँस्कृतिक महोत्सवको रुपमा मनाउने पनि उनले जानकारी दिईन् ।
‘मिस तामाङ २०१९’ १२ औं संस्करण भएको र यसलाई पृथक रुपमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा लामाले बताईन् । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा आगामी फागुन १८ गते हुनेछ ।
सहभागीताको लागि आवश्यक याग्यताः
संस्थाले ‘मिस तामाङ २०१९’मा सहभागीताको लागि योग्यता समेत निर्धारण गरिएको छ । जसमा तामाङ जातिको हुनुपर्ने, उमेर १६ वर्ष देखि २८ वर्षको हुनुपर्ने, उचाई ५ फिट कम्तीमा हुनुपर्ने, संसारभरिकै देशहरुबाट सहभागीता हुन सकिने रहेको छ ।
फर्म कहिले र कहाँ बुझाउने ?
‘मिस तामाङ २०१९’ मा भाग लिन चाहनेहरुले आगामी माग ४ गते सम्ममा आवेदन बुझाउने पर्नेछ । त्यसैगरि छनौट माघ ५ गते हुने छ भने तालिम माघ ७ गतेबाट शुरु हुनेछ । आवेदन फाराम एभरेष्ट फेशन होम, पुतलीसडकमामा बुझाउने पर्नेछ ।
पुरस्कारको व्यवस्था यस्तो छः
‘मिस तामाङ २०१९’ लाई रु १ लाख नगद, सिल्बर क्रोउन र गिफ्ट हेम्पर, फास्ट रनर अपलाई रु. ५० हजार नगद, सिल्वर क्रोउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपले रु. २५ हजार नगद, सिल्वर क्रोउन र गिफ्ट हेम्पर तथा १० जना सबटाईटल विजेतालाई अवार्ड प्रदान गरिनेछ ।
‘मिस तामाङ २०१९’का विजेताल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।