समृद्ध पाँचखालका

–विजय अधिकारी
नेपाल सरकारले ‘सुखि नेपाली–समृद्ध नेपाल’को अवधारणा बनाई काम सुरु गरिरहेको छ । यो योजना पूरा गर्नका लागि संघिय सरकार, प्रान्तीय सरकार र स्थानीय निकाय, पेषाकर्मि, बुद्धिजीवीका साथै आम नागरिकको भुमिका तथा सरोकार उत्तिकै महत्वपूर्ण हुन्छ ।

हालको पाँचखाल नगरपालिका तत्कालीन पाँचखाल गाविस, अनैकोट, होक्से, साठ्ठिघर भगवती, कोसिदेखा, खरेलथोक र बालुवाको भुभाग समेटेर तयार भएको विशाल भुगोलसहितको नगरपालिका हो । यसकारण यहाँ पुरानो पाँचखाल मात्रैको चर्चा गरेर “समृद्ध पाँचखाल’ को अवधारणा पूरा हुदैन । यो सम्पूर्ण भुगोलका बासिन्दाहरुविचको आर्थिक सामाजिक साँस्कृतिक तथा सामर्थ्यका पाटोहरुको गहन अध्ययन र निस्कर्ष सहितको विश्लेषण विना “समृद्ध पाँचखाल’ का आधारस्तम्भहरु तयार गर्न सकिन्न । पाँचखाल २०७२ सालको विनाशकारी भुक्म्पमा ठुलो धनजनको क्षति व्येहोरेको काभ्रेपलान्चोक जिल्लाका नगरहरु मध्येको एउटा नगर हो । यहाँ अझैसम्म पनि भुकम्प पश्चातको पुननिर्माण र पुनःस्थापना कार्य पुर्ण रुपमा सम्पन्न भईसकेको छैन । विनाशकारी भुकम्पले यहाँको जनजिवनलाई कम्तीमा दुई दशक पछाडि धकेलेको तथ्यलाई नजरअन्दाज गरिनुहुन्न । यीनै पेरिफेरिमा रहदै आज हामी पाँचखालको कृषिमा समृद्धिका खाकाहरु प्रस्तुत गर्दैछौं ।

“पाँचखालको गरिमा कृषि नगरि’ को पहिचान हो । पाँचखालका बहुसंख्यक नागरिकहरु कृषि पेषामा आधारित हुँदै आएका छन । यो त्यस्तो सुगम भुगोल हो जस्लाई बजारको अभाव छैन, राजधानी बाट मात्रै ४० किमि दुरिमा अवस्थित रहेको छ । यहाँका उत्पादन तत्काल बजारमा आपुर्ती हुने गर्दछन । कृषिमा यहाँको बहुसंख्यक जनताको निर्भरता रहेको यो भुगोलका नागरिक हरु सवैभन्दा पिडित पनि कृषि कर्मबाटै छन । ति कारणहरु के के हुन त जस्को कारण यहाँका नागरिकहरु कृषिकर्म बाट न त विकल्प भेट्न सकिरहेका छन नत यसलाई छाड्न नै ? सर्वप्रथम परम्परागत कृषि बाट आधुनिक कृषि प्रणाली तर्फ रुपान्तरण हुन नसक्दा यहाँका किसानहरु समस्यामा परेका छन, दोस्रो भनेको यहाँको पानिको श्रोत अत्यन्तै कम हुनु , भएका मुहान हरु सुक्दै जानू, जथाभावी भुमिगत पानिहरु उत्खनन हुनु, झिगुखोला र यसका शाखा खोलाहरुमा पानी सुक्नु साथै यहाँको सिंचाईको लागि राजकुलो तथा यसको शाखा कुलोहरुको अतिक्रमण जिम्मेवार छ ।

यसका अलावा पछिल्लो समयमा “प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना“ मार्फत आलु सुपरजोन विकासका लागि गरिएको गतिविधि , धान रोप्ने , खेत तथा वारि जोत्ने, धान काट्ने, धान झार्ने, भुषा काट्ने मेसिन, टनेल खेती, थोपा सिंचाई लगायतका क्षेत्रमा “कृषि यान्त्रिकिकरण“ को अशर विस्तारै देखिदै गएको छ । यो राम्रो सुरुवात हो । पाँचखालको कृषि विकासका लागि दर्विलो सिंचाई संजालको आवस्यक्ता हुन्छ, जस्का लागि विगतमा ईन्द्रावती लिफ्टिङको निकै धेरै चर्चा गरिएता पनि त्यसउपर प्रगति हुन सकेको छैन । वालि विकासको क्षेत्रमा “मशलावाली अध्ययन तथा विकास केन्द्र“ बागबानी यहीँ रहेता पनि त्यसले उल्लेख्य प्रभाव पार्न सकिरहेको छैन । यसलाई पूरा गर्दा यसले यहाँको कृषिमा उल्लेख्य सुधार गर्नेमा दुई मत छैन । साथै पछिल्लो समय “बाली सुरक्षण अवधारणा अन्तरगत “बालि विमा कार्यक्रम“ लिई विभिन्न कृषि सहकारी संस्थाहरु अगाडि बढिरहेका छन । यसले पनि किसानहरुलाइ धेरै हद सम्म राहत प्रदान गर्नेछ । कृषि आधुनिकिकरणका लागि अनुभवी किसान , जेटिए र कृषि वैज्ञानिक तथा विज्ञहरुको खाँचो छ । यसलाई पूरा गर्न सकेमा यहाँको कृषिले फड्को मार्नेकुरामा अन्यथा लिनुपर्ने देखिन्न ।

पछिल्लो समय विश्व प्राङ्गारिक खेती उन्मुख छ ।! विश्वजगतमा रासायनिक मल तथा विषादीहरु माथि प्रतिबन्ध लगाईदैछ, यस्तो गर्नुको कारण भनेको रसायनिक मल तथा विसादिहरुको जनस्वास्थ्यमा पर्ने नकारात्मक अशर नै हो ! पाँचखालका किसानहरुले रसायनिक मल तथा बिषादिको प्रयोग गरेको करिबकरिब २ दशक भएको छ । यसको प्रयोग क्रम बढ्दो छ । कृषि उत्पादनमा अत्याधिक विषादी तथा रसायनिक मलको प्रभावले क्यान्सर लगायतका विभिन्न प्राणघातक रोगको सिकार हुनुपर्ने हुन्छ । अध्ययनले भन्छ स पाँचखालका नागरिकहरुले रसायनिक मल तथा विषादिको प्रयोग नरोक्ने हो भने आगामि आधा शताब्दीमा यहाँका बहुसंख्यक स्थानीयहरु विभिन्न प्राणघातक रोगको सिकार हुनुपर्नेछ ।

विषादिको असर पर्यावरण र जैविक विविधता माथि प्रतिकुल असर गरेको तथ्य सबैलाई अवगत नै छ। झिगुखोलामा हैन , राजकुलामै पनि धेरै माछा पाईने गर्दथ्यो आजकल झिगुखोलामा माछा टर्च लगाई खोज्दा पनि भेटिन्न, यसको प्रमुख कारण विषादीको व्यापक प्रयोग नै हो । पाँचखालमा केही त्यस्ता शिक्षकहरु पनि मौजुद छन जो विद्यालयमा विद्यार्थीलाई रसायनिक मल तथा विषादिको अशर पढाउछन् र जब विद्यालय छुट्टि हुन्छ, हतारहतार पिठ्युँमा बिसादिक छर्ने पम्प बोक्दै खेतीमा डौडन्छन । यस्ता विचार र व्यवहार नमिल्ने, आजको मात्रै सोच्ने भोलि नदेख्ने “धतुरे बुद्धिजीवी“ हरु पनि पाँचखालका लागि हानीकारक छन । नेपाल सँग भौगोलिक हिसावले समान भारतको पहाडि प्रान्त सिक्किमले कसरी आफुलाई अर्गा्निक स्टेटमा रुपान्तरण गर्न सक्यो भन्ने विषय खोज गरि यहाँ पनि त्यहाँको जस्तै विधिहरु अपनाउन सकिन्छ ।

पाँचखाल नगरपालिकाको केन्द्र पाँचखाल तोकिएपश्चात भुमाफियाको चलखेल पछिल्लो समय निकै धेरै बढेको छ, यहाँका खेतीयोग्य जमिनहरुमा प्लटिङ गरि घडेरीको रुपमा बिक्रीवितरण गर्ने, जमिन टुक्रयाई बिक्री गर्ने र आवास निर्माण गर्ने क्रम देखिदैछ, यस्तो निर्माण योजनाबद्ध निर्माण हैन, संसारमा योजनाबद्ध शहरले मात्रै वास्तविक शुन्दरता प्रस्तुत गर्न सक्दछन् । यसलाई नियन्त्रण गर्नु जरुरी छ ।

विश्व जलवायु परिवर्तनको अशर, तापक्रम वृद्धि र धमिलो पानी वर्षा जस्ता समस्षाहरु यहाँ भोग्नुपरेको छ । विश्व जलवायु परिवर्तनको अशर त छदैछ तर यहाँ पाँचखालकै जलवायु परिवर्तनको कारण धेरै विध्वंस हुन्छ भन्ने निचोडमा यहाँका कृषकहरु छन । पछिल्लो समय मापदण्डविपरितका बाताबरणमा गम्भीर प्रतिकुल अशर गर्ने ईट्टाभट्टा उद्योग, र प्लाई उद्योगको कारण आसपासका नागरिकहरु अत्यन्तै चिन्तित भएका छन ।

पाँचखालका मापदण्ड विपरितका ईट्टाभट्टाको बारेमा सोध तयार गर्ने क्रममा यो स्तम्भकारले केही किसान तथा स्थानीय सँग भलाकुसारि समेत गरेको थियो । “खेती पाति नगरे के खाने ? बालबच्चालाई कसरी पढाउने ? चाडबाड कसरी मान्ने बाबू । भट्टाको धुवाँले गर्दा तरकारी सवैमा कालो , पहेलो दाग बस्छ , अनि कस्ले किन्छन र त्यस्तो ? “भट्टाको नजिकै खेती हुने एकजना किसानको गुनासो यस्तो रह्यो ।

त्यसैगरि एक ईट्टाभट्टा त विद्यालयको छेवैमा रहेको पाईयो । जस्को कारण विद्यार्थी हरुको जनस्वास्थ्यमा गम्भीर असर परेको छ ।

“स्थानीयको उव्जनीमा ह्रास आएको खेतीकिसानी बाट विस्थापित हुनुपर्ने पिरलोले पोलेको छ भन्दै नाम नबताउने सर्तमा एक स्थानीय भन्छन स बाबू यो ईट्टाभट्टाको विरुद्धमा जोजो आवाज उठाउथे आज तिनिहरु आफै ईटाभट्टाका मालिक भएका छन । जस्ले अगुवाई गरे आज उनिहरु नै कुबाटोमा लागे । ठुला ठालु सवै यसैमा छन् स्थानीय प्रतिनिधि बोल्दैनन, गरिवलाई कस्ले सुन्दिने । उठिबास लगाउने भए यीनिहरुले ।

वास्तबमै पाँचखालवासिहरुको चासो र सरोकार एकदम जायज छ, वातावरण जोगाउदा , पर्यावरणको संरक्षण गर्दागर्दै स्वस्थ र निरोगी जीवन जिउन सकिन्छ । अहिलेको विश्व विभिन्न नयाँ नयाँ वातावरण मैत्रीपूर्ण प्रविधिको प्रयोगमा लालायित छ, विभिन्न विकशित मुलुकहरुले त झन यसलाई गुरुयोजना नै बनाई वातावरणमैत्रीपूर्ण उद्योग खोल्ने खेलाउने र कार्वन उत्सर्जन गर्ने उद्योग विस्थापित गर्ने, निरुत्साहित गर्ने रणनीति लिएका छन । पाँचखालका ईट्टाभट्टा मालिकहरुले परम्परागत प्रविधि प्रयोग गरि अगाडि बढेकोले पनि यो समस्या आएको हो ।

पछिल्लो समय ईट बनाउनका लागि विभिन्न वातावरणमैत्री मेसिनरिहरु आविस्कार भएका रहेछन , माटोको प्रयोग विना , नपोली र धुवाँ ननिकालि चल्ने मेसिनहरु पनि विश्ववजारमा र नेपालमा समेत प्रयोगमा रहेछन । “अब पाँचखालका भट्टा मालिकलाई दुई वटा मात्रै विकल्प छ कि त उद्योग वातावरणमैत्री बनाउने संचालन गर्ने कि हैन भने उद्योगको जरोकिलो उखेल्ने सपाँचखालबाट उद्योग हटाउने । “यहि हुनुपर्छ वातावरण र जनस्वास्थ्य भन्दा ठूलो सरोकार अरु हुन सक्दैन ।

स्थानीय प्रशासनको यो विषयमा उदासिनता तथा मौनता देख्दा कतै पाँचखालको पर्यावरण विगार्न, यहाँको उर्वर जमिनलाई मरुभुमिकरण गर्ण माफियाहरु सँग हाम्रा जनप्रतिनिधिहरुको साँठगाँठ त छैन ? कतै हाम्रा जनप्रतिनिधि धनप्रतिनिधि त बन्न लागेनन् ? आसंका गर्नुपर्ने आधारहरु प्रसस्त छन । यदि यो सम्पूर्ण सवालहरुको निरुपण गर्न सकियो भने हाम्रो पाँचखाल शुन्दर शान्त र हराभरा कृषि नगरि बन्नेमा हामीले सन्देह मान्नुपर्दैन । हो यसैगरी बन्नेछ हाम्रो पाँचखाल समृद्ध कृषि नगरि ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।