यसरि बन्नेछ समृद्ध नेपाल
  • विजय अधिकारी

अाज भर्खरै मात्रै नेपालका प्रम सम्माननीय केपी सर्मा अोलीज्यू विश्व अार्थिक मञ्चको कार्यक्रममा सहभागी हुन प्रस्थान गर्नुभएको छ । नेपाल विश्वको २३ अौं गरिव मुलुक रहेता पनि नेपालको विश्वअर्थतन्त्रमा कहिँ न कहिँ भुमिका रहेकै कारण उा भनौं नेपालको विश्वअर्थतन्त्रमा केही न केही सम्भाव्यता रहेकै कारण हुनुपर्छ नेपालजस्तो मुलुकलाई ईतिहासमै पहिलोपटक अामन्त्रण गरिएको छ ! यसले प्रम केपी सर्मा अोली तथा यहाँको सरकारको कुटनैतिक तथा सामरिक भुमिका बढ्दै गएको , सरकारको अन्तर्राष्ट्रिय शाख बन्दै गएको कुरालाई अाँकलन गर्न सकिन्छ । सँगसँगै नेपाललाई विश्व अार्थिक मञ्चमा अामन्त्रण गर्नुको अार्को गुह्य कारण भनेको नेपाल र नेपालीका अात्मबिश्वासि प्रम बन्न सकेर पनि हुनुपर्छ ।
प्रम अोली नेपालको ईतिहासमै अत्यन्तै अात्मविश्वासि , स्वप्निल तथा दृढ र महत्वकांक्षि अति कम नेताहरु मध्ये पर्नुहुन्छ । प्रमको अहिलेका गतिविधि सुखि नेपाली र समृद्ध नेपाल बनाउने ध्येय प्रेरित छ ! प्रमले पहिला नेपाली अाम जनमानसको गुमेको अात्मविश्वास फिर्ता गर्नुभयो भने अहिले जनताका अपेक्षाका भारि बोक्दै सुरक्षित अवतरण गराउनेछु , जिम्मेवारी बहन गर्नेछु भन्ने उद्घोष सहित अगाडि बढ्नुभएको छ । के कति सफल हुनुहुन्छ भन्ने कुरा सरकारको कार्यकाल समाप्ति पछि विचार विमर्श पक्कै होलान समीक्षा पनि होलान , त्यो पाटोलाई थाँती राख्दै अाज मैले नेपालको विकाशका लागि प्रमुख अाधारशिला के हो र नेपालले समृद्धि लक्ष्य हासिल गर्न कहाँबाट र कसरी सुरु गर्नुपर्छ र कसरी बिट मार्नुपर्छ भन्ने विषयवस्तुमा केन्द्रीकृत भई केही चर्चा गर्ने जमर्को गरेको छु ।
नेपाल अविकसित हुनुको पछाडि नेपालमा शिक्षाको विकास नहुनु , शिक्षामा विविधतापुर्ण विधा नहुनु , प्राविधिक तथा रोजगारमुलक धार नहुनु र भएको शिक्षाप्रणाली पारम्परिक हुनु हो। नेपालको प्रमुख समस्या अशिक्षा नै हो । अशिक्षित समाजबाट समृद्ध नेपालको परिकल्पना साकार गर्न सकिन्न । ४५% भन्दा धेरै जनसंख्या शिक्षित छैन,  विद्यालय छाड्ने वालवालिकाको संख्या धेरै छ । 
नेपाल त्यस्तो देश हो जहाँ स्वयम्भुनाथ , बौद्धनाथ , पशुपतिनाथ , मुक्तिनाथ जस्ता अमुल्य धार्मिक सम्पदाहरु छन ! यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटरभन्दा अग्ला अन्य ६ वटा उच्च हिमाल पनि यहीँ छन ! रारा , रुपा बेगनाश , च्छो-रोल्पा हिमताल , थो राङ्ला पास , कञ्चनजंगा पनि नेपालकै हो ,अन्नपूर्ण , मकालुबरुण र धौलागिरी पनि यहि मुलुकमा छन ! लालिगुराँस र शुन्दर जिवजन्तु पशुपंक्षि र जैविक विविधताले भरिपुर्ण मुलुक पनि यहि नै हो ! विश्वकै दुर्लभ एक सिंगे गैँडा, रोयल बैङ्गाल टाईगर , हिमालयन रेड पाण्डा पनि यहीँ छ ।
विश्वको पिउनयोग्य पानिको रिसोर्समा नेपाल विश्वको दोस्रो धनी देश हो , नेपाल तिव्र वहाव क्षमता भएको नदिहरुको धनी मुलुक हो ! यही कारणले गर्दा नेपालको जलविद्युत क्षमता ८३००० मेगावाट रहेको छ भन्ने अध्ययनले देखाएको छ , विश्वको साहसिक पर्यटन , साहसिक यात्रा , ट्रेकिङ , हाईकिङ र बाईकिङको अत्यन्तै धेरै सम्भावना भएको मुलुक नेपाल हो , यहाँको विशेषता भनेको हरियाली वातावरण , रमणिय भौगोलिक अवस्थिति , विभिन्न १२७ भन्दा माथीका जातजातिको बसोबास , तिनिहरुको अलगअलग रहनसहन र विविधतापुर्ण संस्कृति तथा संस्कार , भाषा , रितिरिवाज , चालढालका बाबजुद रहेको अनेकतामा एकता यहाँको लोभलाग्दो , चाखलाग्दो , घत लाग्दो पक्ष हो !
सँगसँगै नेपाल संसारकै अतिकम विकसित मुलुकमध्ये एक हो , यसका कारणहरु पनि छन । हाल नेपाल विश्वको २३ अौं गरिव राष्ट्र भएको छ । यस्तो हुनुमा अायातमुखि अर्थतन्त्र , उद्योगधन्दा तथा कलकारखाना यथेष्ट नहुनु , रोजगारीका अवशर नहुनु , शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अाशा अनुरुपको प्रगति नहुनु , बिकास अायोजनाहरु समयमा सम्पन्नता नहुनु , गतिलो कुटनिति नहुनु , पारवहन नहुनु । निर्यातजन्य उद्योग नहुनु । उत्पादनमूलक क्षेत्रमा लगानी नहुनु अादि हुन । यिनिहरुलाई अोभरकम गर्ने कुराहरु पनि छन । अबको नेपाल – “समृद्ध नेपाल” कसरी बन्छ भन्ने पेरिफेरिमा रहि केही तथ्य सहितका तर्कहरु अाज प्रस्तुत गर्दैछु !
नेपाल अविकसित हुनुको पछाडि नेपालमा शिक्षाको विकास नहुनु , शिक्षामा विविधतापुर्ण विधा नहुनु , प्राविधिक तथा रोजगारमुलक धार नहुनु र भएको शिक्षाप्रणाली पारम्परिक हुनु हो। नेपालको प्रमुख समस्या अशिक्षा नै हो । अशिक्षित समाजबाट समृद्ध नेपालको परिकल्पना साकार गर्न सकिन्न । ४५% भन्दा धेरै जनसंख्या शिक्षित छैन,  विद्यालय छाड्ने वालवालिकाको संख्या धेरै छ ।
नेपालको शिक्षा प्रणालिलाई अगाडि लानका लागि सरकार तथा नागरिकले बुझ्नुपर्छ ” ईफ दियर ईज नो लर्निङ , देन देयर ईज नट अर्निङ” हुन्छ । यसलाई ठेगान लगाउन शिक्षामा वहुप्राविधिक तथा बहुरोजगारमुलक धारलाई बढावा दिनुपर्छ । नेपालले योवनाबद्ध रुपमा यहाँ भएका ७७ जिल्लामा प्रत्येक जिल्ला बराबर कम्तीमा ३० वटा प्राविधिक तथा रोजगारमुलक धारको शिक्षा बिकास गर्ने हो भने त्यो ३० वटा विधालाई हेन्डल गर्ने बहुप्रतिभाषालि एक विद्यालय बराबर १३ जना मात्रै शिक्षक हुदाँ ३९० प्रति जिल्ला विशेष क्षमताका शिक्षकहरु हुनेछन , र यो संख्या प्रत्येक जिल्लाको कुल जोड्दा मुलुकभरबाट ३००३० (तीस हजार तीस) जना हुनेछन ।
वालश्रमिकहरु नेपालका विभिन्न उच्च घरानाका घरेलु कामदार भएका छन, कतिपय उद्योगहरुमा न्यून पारिश्रमिकमा काम गर्छन , र कतिपयले अाफ्नै घरपरिवार भित्रै विभिन्न घरेलु तथा कृषि सम्बन्धि काम गरिरहनुपरेको छ । कतिपय भुभागमा भौगोलिक अपायकताका कारणले गर्दा समेत शिक्षाको अवशरबाट अाम नागरिक बन्चित छन । यस्तो हुनुमा लेस जिडिपि , लेस पिसिअाई र गरिबी कारणहरु हुन । नेपालमा एउटा पनि विश्वविद्यालय त्यस्तो छैन जसले विश्वका अन्य विश्वविद्यालय सँग कम्पिटिसन गर्न सकोस ! नेपालको सरकारि विश्वविद्यालय विश्वका ५००० विश्वविद्यालय भित्र पनि पर्दैन , निजि क्षेत्रबाट संचालित काठमाडौं विश्वविद्यालय समेत विश्वका टप ३५०० टप विश्वविद्यालय भित्र समेत अटाउदैन । कुनै पनि मुलुक विकास हुनको लागि शिक्षा क्षेत्रमा राज्यको व्यापक लगानी हुनुपर्छ , नेपालको वार्षिक बजेटको १०% भन्दा कम लगानी शिक्षामा रहेको छ । गरिएको लगानी शैक्षिक विकासमा भन्दा धेरै पुरातनवादी धारको शिक्षा प्रणालीलाई टिकाउन खर्च भईरहेको छ ।
यसलाई फेर्न सरकारले गम्भीरतापुर्वक लाग्नुपर्ने देखिन्छ । नेपालको शिक्षा प्रणालिलाई अगाडि लानका लागि सरकार तथा नागरिकले बुझ्नुपर्छ ” ईफ दियर ईज नो लर्निङ , देन देयर ईज नट अर्निङ” हुन्छ । यसलाई ठेगान लगाउन शिक्षामा वहुप्राविधिक तथा बहुरोजगारमुलक धारलाई बढावा दिनुपर्छ । नेपालले योवनाबद्ध रुपमा यहाँ भएका ७७ जिल्लामा प्रत्येक जिल्ला बराबर कम्तीमा ३० वटा प्राविधिक तथा रोजगारमुलक धारको शिक्षा बिकास गर्ने हो भने त्यो ३० वटा विधालाई हेन्डल गर्ने बहुप्रतिभाषालि एक विद्यालय बराबर १३ जना मात्रै शिक्षक हुदाँ ३९० प्रति जिल्ला विशेष क्षमताका शिक्षकहरु हुनेछन , र यो संख्या प्रत्येक जिल्लाको कुल जोड्दा मुलुकभरबाट ३००३० (तीस हजार तीस) जना हुनेछन ।
अब यो जनशक्तिको व्यवस्थित परिचालन बाट माटो र भुगोल सुहाउँदो सँगसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधि तथा प्रणालीमा अभ्यस्त हुनसक्ने जनशक्ति तयार गर्ने गरि अगाडि बढ्दा प्रति एक शिक्षक वराबर २० विद्यार्थी भए भने ;  ६००६०० (छ लाख छ सय) जना दक्ष तथा फ्रेस जनशक्ति बार्षिक रुपमा तयार गर्न सकिन्छ । यस्तो जनशक्तिलाई विदेश जानुपर्ने बाध्यता रहदैन , किनभने उनिहरुले पढेको विषय रोजगारमुलक तथा स्वरोजगारमुलक उद्यमशिल विषय हुनेछ जस्ले गर्दा उनिहरु अाफ्नै मुलुकमा रहि मुलुकको विकास सँगसँगै व्यक्तिगत वृत्तिविकासमा सामेल हुन सक्नेछन् । यसले जब बजारमा अाफ्नो पाईला टेक्नेछ ; टेक्नेवित्तिकै मुलुकको अर्थतन्त्रलाई बढावा दिनेछ । त्यसको लागि सरकारले सँगसँगै अावस्यकिय उद्योग धन्दा कलकारखाना हरु समेत तयार गर्नुपर्नेछ । त्यस्ता उद्योगहरु सके राष्ट्रिय लगानीमा , सम्भब छैन पव्लिक पार्टनरसिप तथा निजि क्षेत्रको पार्टनरसिपमा र त्यो पनि सम्भब छैन भने २-५ वटा विकसित मित्र राष्ट्रहरु सँगको पार्टनरसिपमा वा त विदेशी फ्रेन्चाईज विजनेस भित्राउदै अगाडि बढ्दा यो सम्भब छ । यसका लागि सरकारले अाफ्नो ट्रेड डिफिसिट केमा फेस गरेको छ ।
तिनिहरु पत्ता लगाउने अायाततित वस्तुहरु मध्ये अात्मनिर्भर हुन सक्ने मुलुकले अात्मनिर्भरता हासिल गर्न सक्ने वस्तुहरु के के हुन खोजि गर्ने र अात्मनिर्भरताका लागि जुन जुन वस्तुहरु अायात भईरहेका छन तिनिहरुलाइ प्रतिस्थापन गर्ने उद्योग खोल्ने , अावस्यकिय कच्चा पदार्थको उत्पादनमा जोड दिने, अनुदान कार्यक्रम ल्याउने  कृषकलाई प्रोत्साहन दिने गरि अगाडि बढ्नुपर्छ । जब उद्योग खोलिन्छ त्यहाँ रोजगारका अवशरहरु सिर्जना हुन्छन ।
विश्व श्रमबजारमा नेपालीहरु संसारकै सस्तोमा संसारकै सवैभन्दा गाह्रो र अप्ठ्यारोमा पनि काम गर्न सक्ने , अत्यन्तै अात्मबिश्वासि र साहसि , जस्तोसुकै तापक्रममा पनि अाफुलाई अब्बल सावित गर्न सक्ने जनशक्ति हो । यो कुरालाई प्रष्टिकरण दिने प्रमाणहरु विभिन्न खाडि मुलुकका श्रम तथा रोजगार मन्त्रालयका अाधिकारिक वेवसाईटहरुमा नेपाली कामदारको बारेमा खुलेर गरिएका प्रसंसाले प्रष्ट पार्छ । नेपाली नागरिकहरु बार्षिक ६ लाखकै हाराहारीमा विदेश गईरहेका छन जब यो जनशक्ति लाई हामीले रोक्न सक्छौं मुलुकको रेमिट्यान्सले धानेको अर्थतन्त्र अब उद्योग धन्दा र कलकारखानाले धान्न थाल्नेछ । 
त्यसले गर्दा पनि अन्तर्राष्ट्रिय श्रम बजारमा बैदेशिक रोजगारीका लागि जाने जनशक्ति मुलुकमै स्टक रहन्छ , मुलुक विकासमा टेवा दिन्छ , विश्व श्रमबजारमा नेपालीहरु संसारकै सस्तोमा संसारकै सवैभन्दा गाह्रो र अप्ठ्यारोमा पनि काम गर्न सक्ने , अत्यन्तै अात्मबिश्वासि र साहसि , जस्तोसुकै तापक्रममा पनि अाफुलाई अब्बल सावित गर्न सक्ने जनशक्ति हो । यो कुरालाई प्रष्टिकरण दिने प्रमाणहरु विभिन्न खाडि मुलुकका श्रम तथा रोजगार मन्त्रालयका अाधिकारिक वेवसाईटहरुमा नेपाली कामदारको बारेमा खुलेर गरिएका प्रसंसाले प्रष्ट पार्छ । नेपाली नागरिकहरु बार्षिक ६ लाखकै हाराहारीमा विदेश गईरहेका छन जब यो जनशक्ति लाई हामीले रोक्न सक्छौं मुलुकको रेमिट्यान्सले धानेको अर्थतन्त्र अब उद्योग धन्दा र कलकारखानाले धान्न थाल्नेछ ।
नेपालिहरु विश्वका त्यस्ता प्रजाती हुन जो , हार्न जान्दैनन् । उनिहरुलाई हार देखि एलर्जि छ , चरम गरिविमा पनि हाँस्न सक्छन , यिनिहरु हरेक प्रकोप सँग जुध्न सक्छन । एक्लै तिसौं चालिसौंको संख्यामा दुस्मनलाई छिनाल्न सक्छन । बन्दुकको गोलि लागोस तर प्रवाह छैन रणमैदानमा ५-७ जना दुश्मन खुकुरीकै भरमा पनि छिनाल्न सक्छन । नेपालीको जातिप्रेम ,राष्ट्रप्रेम र साहस यति धेरै अदम्य छ कि उनिहरु जस्तोसुकै चुनौतीको सामना गर्न सक्छन ।
नेपाली गोर्खाको अदम्य साहसकै कारण बेलायत र भारतमा गोर्खा बटालियन छन , सिंगापुर पुलिस , मकाउको गार्ड तथा विभिन्न विश्वजगतमा नेपाली लाई सुरक्षा सारथि या त पिएसअोको रुपमा राख्ने चलन छ ! नेपाल विकास नहुनुको प्रमुख कारण नेपाली नागरिक नेपालभित्रै नरहनु हो ! जब नेपाली नागरिकले कोरियाबाट खोरिया खन्न पाठ सिकेर फर्कन्छन । नेपाल बन्न समय लाग्दैन । उल्लेखित कुरालाई नेपाल सरकार, नेपालका अाम नागरिक , नेपालका पेषाकर्मि , बुद्धिजीवी तथा थिङ्क ट्याङ्क र नितिनिर्माताले मनन गर्ने हो भने नेपाल बन्न समय लाग्नेछैन , समृद्ध नेपालका लागि हामी सँग हरेक चिज छ , अावस्यक केही छ त त्यो ईच्छाशक्तिको अभाव हो ।
नेपाली नागरिकहरु बार्षिक ६ लाखकै हाराहारीमा विदेश गईरहेका छन जब यो जनशक्ति लाई हामीले रोक्न सक्छौं मुलुकको रेमिट्यान्सले धानेको अर्थतन्त्र अब उद्योग धन्दा र कलकारखानाले धान्न थाल्नेछ । 
सरकारले सुखि नेपाली समृद्ध नेपालको अवधारणा लिएको छ यसलाई मुर्तरुप दिन सरकारले योजनाबद्ध विकासमा लाग्नुपर्छ । मुलुक बन्नेछ । अाम नागरिकको दायित्व सरकारलाई सकारात्मकता सहित अगाडि बढ्न घचघच्याउने हुनुपर्छ । विपक्षिले विरोधका निम्ति मात्रै विरोध नगरि रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्छ , त्यसका लागि विपक्षि दलहरुले विकास निर्माणका कार्यमा किन तिव्रता अाएन , किन फलानो ठाउँमा कम बजेट ? तपाई हरुले निश्चित समयभित्र काम फत्ते गर्नुपर्छ भन्दै झकझक्याउनुपर्छ। अनावश्यक राजनीतिक खिचातानी र सरकार बनाउन र गिराउनका लागि मात्रै राजनीति गर्ने परिपाटीको अन्त्य हुनुपर्छ , अनि मात्रै बन्नेछ समृद्ध नेपाल – सुखि नेपाली !

Comments

comments