इराकबाट नेपाल आउने जाने वातावरण मिलाऊ सरकार
(ठूलोकान्छा शेर्पा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा नम्बर ५ अन्थालिका हुन् । बैदेशिक रोजगारको सिलसिलामा इराकमा रहेको शेर्पा हिमालयन शेर्पा यूनिक ग्रुपका उपाध्यक्ष समेत हुन् । शेर्पा जातिको साँस्कृति पर्व ग्याल्पो ल्होसारको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने तयारीमा उपाध्यक्ष शेर्पा जुटेका छन् । ल्होसार, इराकमा रहेका नेपालीहरुको अवस्था, ग्रुपको उद्देश्य लगायतका समसायिक विषयमा इराक प्रतिनिधि सुनिता दोङ तामाङले गर्नुभएका संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक)

 

० हिमालयन शेर्पा युनिक ग्रुपको गठन किन ?
–भन्नु पर्दा यो हम्रो कुनै संस्था हैन । यो एउटा ग्रुप गठन गरेर हामी शेर्पा जातिको एकता गरेर सम्पूर्ण प्रवासमा भएका नेपालीलाई सहयोग गर्ने उद्देश्यले निर्माण गरेको ग्रुप हो ।

० के गर्दै छ अचेल यो ग्रुप ?
–यो ग्रुप जुनदेखि पदस्थापन भयो त्यो दिन देखि हरेक नेपाली हरेक संघ संस्थाहरुलाई हम्रो ग्रुपले सहयोग गर्दै आएको छ ।

० सामाजिक क्षेत्रमा यसले गरेको कार्यहरु बताईदिनुहोस् न ।
सामाजिक कार्यमा भन्नु पर्दा कुर्दिस्तानमा भएका संघ संस्थाले गरेको कुनैपनि कार्यक्रममा सहयोगगर्ने, यहाँ रहेका र नेपालमा रहेको नेपालीलाई परेको पिर मर्कालाई यहाँ भएका संघ संस्थासम्म पु¥याउने र त्यसको समाधानको लागि पहल गर्ने लगायतका गर्दै आएको छ ।

० ल्होछारको तयारी कस्तो छ ?
–ल्होछारको तयारी अन्तिम चरणमा पुगिसकेको छ । आगामी मार्च ८ तारिख, शुक्रबारका दिन हामी ल्होछारको अवसरमा उत्सव मनाउन गइरहेका छौं । कलाकार, मञ्च व्यवस्थापन, सात्कार सबै हिसाबले तयारी हाम्रो अन्तिम चरणमा पुगेको हो । त्यसैले सम्पूर्ण इराक भरि छरिएर बस्नुहुने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु सबैजनालाई नोभेल हल सर्चिनारमा उपस्थित भई कार्यक्रम सफल बनाई दिनुहुन म विनम्र अनुरोध पनि गर्दछु ।

० ल्होछार कार्यक्रममा विशेष गरि के के हुनेछ ?
–ल्होछार भनेको हम्रो एउटा पर्व हो यो । हामी शेर्पा जातिको ग्याल्पो लोसार विशेष गरि हम्रो संस्कार संस्कृति झल्काउने खालको प्रस्तुतिहरु हुनेछ । ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरिने छ ।

० प्रवासमा संघसंस्था मात्र धेरै छन्, तर नेपालीलाई समस्या पर्दा केही सहयोग गर्दैनन् भन्ने छ नि ?
– यो कुरा सरासार जुट हो। इराकको सुलेमनिमा मात्रै तीन संस्थाहरु छन् । कुर्दिस्तान प्रवासी नेपाली समाज, नेपाली महिला समाज कुर्दिस्तान, नेपाल तामाङ घेदुङ कुर्दिस्तान छन् । यी संस्थाहरुले नेपालीलाई परेको हरेक प्रकारका समस्याहरु समाधान गर्दै आएको छ ।

० इराकमा नेपाली श्रमिकहरुको अवस्था कस्तो छ ?
–इराकमा मात्र नेपाली ५० हजारको हराहारीमा छ । हामीले देखेको अनुसार अरु देश भन्दा कमाई राम्रो नै छ । यहाँको कुर्दिहरु अतिनै राम्रा छन् । हामी विदेशी हो भनेर हेप्ने, नराम्रो गर्ने खालको छैन । इराक कुर्दिस्तानमा म अउने नेपालीको जमत पनि धेरै भडेको छ। तर आफ्नो कमाइ राम्रो हँुदा हुँदै पनि नेपालबाट अउन जान गारो छ।

० प्रवासमा काम गरिरहेका नेपाली श्रमिकहरुको लागि नेपाल सरकारले के गर्नुपर्ला ?
–नेपाल सरकारले तुरुन्तै हामी इराकमा रहेका ५० हजार नेपालीको लागि छुट्टि लिएर घर आउन जानको लागि राम्रो वातावरण मिलाई दिनुहुन नेपाल सरकारलाई अनुरोध गर्छु ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।