फाइल फोटो

तेमाल- तेमाल गाउँपालिकाको आयोजनामा गाउँपालिकाभित्रका ३० वर्ष उमेर पूरा भएका वा सोभन्दा माथिका व्यक्तिहरू तथा नियमित रूपमा औषधि सेवन गरिरहेका बिरामीहरूलाई लक्षित गरी चिकित्सकसहितको निःशुल्क नसर्ने रोग परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। शिविरमा सुगर, मुटु, मिर्गौला, युरिक एसिड तथा पिसाबसम्बन्धी प्रयोगशाला जाँचसमेत गरिने स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिएका छन् ।

२०८३/०७/१२ गते बोलदेफिदिचे स्वास्थ्य चौकी-४ मा, २०८३/०७/१३ गते सरमथली स्वास्थ्य चौकी-३ मा, २०८३/०७/१६ गते सस्युखर्क स्वास्थ्य इकाई-२ मा र २०८३/०७/१७ गते सामुदायिक स्वास्थ्य इकाई सस्युखर्क-१ मा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन हुनेछ।

साथै, सोही समयमा सम्बन्धित वडामा ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक परिचयपत्र वितरण र अपाङ्गता वर्गीकरण कार्यसमेत गरिने भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।