हङकङ । करेण्ट लागेर दुवै हात गुमाएकी विराटनगर घर भइ हाल उपचाररत रहेकी मेघा घिमिरेलाई ‘मिसेस हङकङ नेपाल–२०१८’ले उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
‘मिसेस हङकङ नेपाल–२०१८’ विजेता पविता पुमा राईको पहलमा हङकङमा रहेका नेपालीहरुबाट संकलन गरेर पिडित घिमिरेलाई उक्त आर्थिक सहयोग गरेकी हुन् । राईले पठाएको २ लाख २० हजार रुपैयाँ एक कार्यक्रमकबीच बुधबार पिडित घिमिरेलाई हस्तारन्तरण गरेका थिए ।
प्रथम मिसेस हङकङ नेपाल २०१८ को बिजेता राईले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छन् । नेपाल र नेपाली समुदायसँग नजिक भएर सामाजिक जिम्मेवारीलाई प्रभावकारी ढंगले अघि बढाउने क्रममा समुदाय, समाज र विभिन्न संघ सस्थामा संलाग्न भइ सामाजिक कार्यमा लागिरहेकी राई खोटाङमा जन्मेर उदयपुरमा हुर्केकी हुन् ।
पिडित घिमिरेको लागि सहयोग अभियानमा उनी एक्लै लागेता पनि मिसेस हङकङ नेपाल २०१८ भैसके पछि थुप्रै सामाजिक कामहरुमा आफुले सकेको सहयोग गर्दै आईरहेको बताउछन राई ।
नेपाली महिला संघ हङकङले आयोजना गरेको पहिलो मिसेस हङकङ नेपाल २०१८ को पहिलो बिजेता भइ सकेपछि उनको समयोजकत्वमा मकवानपुर भार्ताको कैलाश गाउँपालिका अवस्थित चेपाङ बस्तीमा मिस नेपाल वल्र्ड श्रृंखला खतिवडाको परिकल्पनामा बन्न लागेको चेपाङ बस्तिको लागि हेल्थपोष्ट भवनको सहयोगार्थ च्यारिटि डिनर गरिएको थियो । ‘एउटा कोठा बराबर नेपाली ७ लाख सहयोग गर्ने प्रतिबद्धता हामीले गरेका थियौं । पूरा गरिसकेका छौं ।’ राईले भनिन्, ‘त्यही च्यारिटी डिनरको बाँकी रहेको रकमको केही अंस अर्थात हङकङ डलर ५००० (पाच हजार) रबि लामिछानेको अभियानमा रहेको कालिकोट रासकोटमा बन्न लागेको हस्पिटलको लागि सहयोग गरिसकेको छौ ।’
यो दुबै काम हाम्रो मिसेस हङकङ नेपाल २०१८ को टिम माध्यम मात्र भएको बताउँदै राईले अग्रज र आफूहरुलाई माया र विश्वास गरेर साथ र सहयोग गर्नु हुने सम्पुर्ण मनकारी सहयोगी हरुको साथ रहेको बताइन् बिराटनगर घर भै काठमाडौमा उपचारको लागि बस्दै आईरहेकी मेघा घिमिरेको करेन्ट लागेर दुबै हात गुमाएकी थिइन् उनको लागि राईले व्यक्तिगत पहलबाट यो रकम संकलन गर्ने अभियान चलाएकी थिइन ।
























